मङ्गलबार, बैशाख २८, २०७८
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

नेपाली सेनाले माग्यो २५० जना सेकेन्ड लेफ्टिनेन्ट(सुचना सहित)

काठमाडौं – नेपाली सेनाले २५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को लागि दरखास्त आह्वान गरेको छ । बुधबार गोरखापत्र दैनिकमा सो सम्बन्धी सूचना प्रकाशित गर्दै नेपाली सेनाले २ सय ५० जना अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ ।

कुल २५० मा खुलातर्फ १३१, सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीले ७ सिटमा आवेदन दिन पाउनेछन् ।

त्यस्तै समावेशीतर्फ महिलाले २२ सिटमा आदिवासी जनजातिले ३६ सिटमा मधेशीले ३१ सिटमा दलितले १७ सिटमा र पिछडिएको क्षेत्रले ७ सिटमा अधिकृत क्याडेको लागि आवेदन दिन पाउने नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त पखदका लागि आह्वान गरेको दरखास्तमा उल्लेख छ ।

उक्त सूचनाअनुसार योग्यता पुगेको इच्छुक नेपाली नागरिकले यही भदौ ४ गतेदेखि असोज २ गतेसम्म आवेदन दिन सक्नेछ भने दोब्बर दस्तुर तिरेर असोज ३ गतेदेखि असोज ९ गतेसम्म आवेदन दिन सक्नेछ ।

उक्त पदमा आवेदनमा लागि प्रमाणपत्र तह वा सो सरहस्नातक तह वा सो सरह उत्तिर्ण भएको हुनुपर्ने तथा विदेशबाट एसएलसी वा प्रमाणपत्र तहको परीक्षा उत्तीर्ण गरेको हकमा अनिवार्य गणित विषय लिएको हुनुपर्ने उल्लेख छ । साथै सेनाले आवेदन दिनका लागि एसएलसी वा प्रमाणपत्र तहको परीक्षाको प्राप्तांकको कुल योगफल २ जिपिए वा सो सरहभन्दा माथि हुनुपर्ने उल्लेख गरेको छ ।

योग्यता पुगेको नेपाली नागरिकले नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np बाट अनलाइन दरखास्त फारम भरी सो को प्रिन्ट आउट सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्नुपर्ने सेनाले जनाएको छ ।