एक लोग्नेको तीन श्रीमतीहरु एउटै घरमा यसरी मिलेर बस्छन् (भिडियो)

एक लोग्नेको तीन श्रीमतीहरु एउटै घरमा यसरी मिलेर बस्छन् (भिडियो)

एजेन्सी– तपाईँलाई सुन्दा पनि अचम्म लाग्न सक्ला एक श्रीमानका तीन श्रीमतीहरु एउटै घरमा मिलेर बस्छन् । न्यु जर्सीमा रहेका एक व्यक्तिको घरमा तीनजना श्रीमती श्रीमानसँग मिलेर बस्छन् । प्राय एक श्रीमतीसँग पनि सम्बन्ध राम्रो नहुने अवस्था सिर्जना हुने गरेको ठाउँमा यी व्यक्तिले भने आफ्नी तीनवटी श्रीमतीलाई मिलाएर सँगै राख्न सकेर सबैलाई आश्चर्यमा पारेका छन् ।

वेनसा हसल नाम गरेकी महिलाको पति तथा उनका बच्चाहरुसँग सम्बन्ध एकाएक बिग्रिएको थियो । टुटेकी बेनिसामा सानो आस थियो एक पटक फेरि पतिसँगको सम्बन्ध राम्रो बनोस । उनको आशा पुरा भयो । बेनिसा र पाली टुटेको सम्बन्ध एक पटक फेरि सुमुधुर बन्यो । त्यतिजेन्लसम्ममा पालीको जीवनमा दुई युवतीहरुको आगमन भइसकेको थियो । हैजल, २७ वर्षकी युवती तथा लेडी नाम गरेकी २५ वर्षकी युवती ।

यथार्थ बुझिसकेपछि बेनिसाले उनीहरुसँगै रहने निर्णय गरिन् । उनी अब पति तथा उनका दुई श्रीमतीसँग निकै खुसीका साथ बस्दै आइरहेकी छिन् । यहाँसम्मकी उनीहरू एक अर्कालाई आफ्नो अतिमिल्ने साथीको रूपमा बताउँछन् ।

मेल अनलाइनका अनुसार यसरी फोरसम परिवार भएको हो । उनीहरू नियमित रूपमा डिनर डेटमा जाने गर्छन् । यहाँ सम्मकी उनीहरू सँगै सुत्छन् । जिम जानेदेखि हरेक काम उनीहरू मिलेर गर्छन् । पालीले आफ्ना तीन श्रीमतीका लागि सिस्टर वाइभ्स नाम गरेको टिर्सट उपहार दिएका छन् । उनीहरू उक्त टिसर्ट लगाएर बाहिर विभिन्न कार्यक्रममा समेत जाने गरेका छन् । तीनवटै श्रीमतीले पालीको अनुहारको टाटु आफ्नो शरीरमा खोपेका छन् ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु