सप्तरीको तिलाठी कोइलाडीमा आगलागी हुदाँ ५ घर जलेर नष्ट

सप्तरीको तिलाठी कोइलाडीमा आगलागी हुदाँ ५ घर जलेर नष्ट

राजविराज– सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ सकरपुरामा मंगलबार दिउँसो आगलागी हुँदा दुई परिवारको पाँच घर जलेर नष्ट भएको छ । आगलागीमा कम्तीमा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीमा परी सकरपुराका महन्थी मुखियाको तीन वटा घर र देवीलाल मुखियाको दुई वटा घर जलेर नष्ट भएका हुन् । आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण सामानहरु जलेको अग्निपीडितहरुले बताएका छन् ।

यसैबीच अग्निपीडितहरुलाई गाउँपालिकाको तर्फबाट तत्कालै राहत वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह, वडा नं. ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी र गाउँपालिकाका विपद् जोखिम न्यूनीकरण अधिकृत राजेशकुमार झाले संयुक्त रुपमा अग्निपीडित दुवै परिवारलाई राहत प्रदान गरेका छन् ।

तत्काल खानका लागि १०–१० किलो भुजा, ५–५ किलो चिउरा, दुई–दुई थान त्रिपाल, १० लिटरको बाल्टिन, मग, एक–एक किलो भुजिया, एक–एक किलो नुन, एक–एक दर्जन बिस्कुट वितरण गरिएको गाउँपालिकाका विपद् जोखिम न्यूनीकरण अधिकृत राजेशकुमार झाले बताए ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु