चिकित्सक संघले भन्यो– “स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ऐन विपरित”

चिकित्सक संघले भन्यो– “स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ऐन विपरित”

काठमाडौं– स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ऐन विपरित भएको भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चिकित्सकहरुको पदस्थापन कर्मचारी समायोजन ऐन र जेष्ठता बमोजिम नभएको भन्दै संघले मंगलबार विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पूर्वाग्रही ढंगबाट कुनै व्यक्ति विशेषलाई लक्षित गर्दै शक्ति र दबाबमा समायोजन तथा पदस्थापन गरिएको संघको आरोप छ । चिकित्सकहरुको समायोजन विवादास्पद र गैर न्यायिक निर्णयले समग्र स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पुग्ने संघको दाबी छ ।

संघले निश्चित कार्यविधि र मापदण्ड बैज्ञानिक एवं पारदर्शीरुपमा तयार गरी कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेको छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु