१ लाख ६० हजार घुससहित नगरपालिकाका निर्वाचित वडाध्यक्ष पक्राउ

१ लाख ६० हजार घुससहित नगरपालिकाका निर्वाचित वडाध्यक्ष पक्राउ

बर्दिबास– महोत्तरको भंगाहा नगरपालिकाको वडा नम्बर ८ का निर्वाचित वडाध्यक्षसहित ३ जना घुससहित पक्राउ परेका छन् । आफ्नो वडा क्षेत्रमा सञ्चालित परियोजना सम्पन्न भएको सिफारिस गरेको भन्दै सेवाग्राहीसँग लिएको १ लाख ६० हजार रुपैयाँ घुससहित वडाध्यक्ष मोहम्मद रफिक आलमसहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्ने अन्य २ जनामा सोही वडाका वडासदस्य कारी साह र वडासदस्यका छोरा मुकेश साह छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले तीनै जनालाई नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार वडाध्यक्ष आलमले घुस रकम बुझ्नका लागि वडासदस्य कासी साहका छोरा मुकेशलाई परिचालन गरेका थिए । मुकेशले जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा सेवाग्राहीबाट घुस रकम बुझेका थिए । अख्तियारको टोलीले मकुेशलाई घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेको थियो ।

उक्त घुस प्रकरणमा वडाध्यक्ष आलम र वडासदस्य साहको समेत संलग्नता रहेपछि अख्तियारको टोलीले उनीहरुलाई भंगाहा नगरपालिका–२ सितापुर चोकबाट नियन्त्रणमा लिएको हो ।

अहिले तीनैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु