१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ

१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ

बिर्तामोड– १३ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

बालिकामाथि बलात्कार गरेको भन्ने सूचनाका आधारमा झापाको बुधबारेस्थित इलाका प्रहरी कार्यालयको टोलीले २३ वर्षीया सन्तोष तामाङलाई पक्राउ गरेको हो ।

धनकुटाको पात्लेखोला घर भएका सन्तोष झापाको बुद्धशान्ति गाउँपालिका क्षेत्रमा ज्याला मजदुरी गर्ने काम गर्दै आएका थिए ।

सन्तोषले बुद्धशान्ति गाउँपालिकाकै स्थानीय बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । प्रहरीले सन्तोषमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु