शुक्रबार, मङि्सर २०, २०७६
GokarnaNews
OnlineKhabarHub

यु–१८ साफ च्याम्पियनसिपका लागि ३० खेलाडी छानिए

यु–१८ साफ च्याम्पियनसिपका लागि ३० खेलाडी छानिए

काठमाडौं– काठमाडौंमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ । मंगलबार मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले यसअघि देखि अभ्यासमा रहेको ४६ जना खेलाडीबाट १६ जना खेलाडीलाई घर फर्काउँदै ३० जना खेलाडी छनोट गरेका हुन् ।

शसस्त्र प्रहरी बलको हलचोकस्थित मैदानमा हुने खेलमा नेपाली युवा टोलीले जीत हात पार्ने लक्ष्यसहित अभ्यास गरिरहेको प्रशिक्षक श्रेष्ठले बताएका छन् ।

साउन १९ गतेदेखि जावलाखेलमा अभ्यास शुरु गरेको युवा टोलीको सुरुवाती १० दिनको अभ्यासमा प्रशिक्षक श्रेष्ठ सन्तुष्ट छन् । उनले भने, ‘तयारी राम्रो भएको छ । अहिले हामीले फिजिकलमा ध्यान दिएर अभ्यास गर्‍यौं । बाँकी दुई हप्तामा मिड्फिल्डलाई जोड दिएर अभ्यास गर्छौं। बाँकी समयमा चाँही टीम सेटमा ध्यान दिनेछौं ।’

नेपाली युवा टोलीः

गोलरक्षकः विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी, पुजन होना

डिफेन्डरः बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, विश्रान्त बस्नेत, एरिक लिम्बु, एन्जल महर्जन

मिडफिल्डरः शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, रेजिन माझी, जया गुरुङ, मनिष थापा, कुशस पौडेल, नितिन थापा

फरवार्ड: ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डांगी

सम्बन्धित समाचारहरु

वडा समाचारहरु