लिभरपुलका गोलकिपर एलिसनलाई आराम

लिभरपुलका गोलकिपर एलिसनलाई आराम

काठमाडौं– इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका स्टार खेलाडी तथा गोलकिपर एलिसनले केही हप्ताको आराम पाएका छन् । खुट्टाको पिँडौलामा चोट लागेपछि एलिसनले आराम पाएका हुन् ।

यो सिजनको पहिलो खेलमा गएको शुक्रबार नर्विच सिटीविरुद्धको खेलका क्रममा पिँडौलामा चोट लागेपछि उनलाई आराम दिइएको प्रशिक्षक योर्गन क्लोपले जानकारि दिएको बीबीसीले उल्लेख गरेको छ ।

लिभरपुलको पहिलो रोजाइका गोलकिपर तथा ब्राजिलका खेलाडी एलिसन नर्विचसँगको खेलका क्रममा खेलको ३९ औं मिनेटमा मैदानमा चोटग्रस्त भएपछि मैदानबाट बाहिर आएका थिए ।

‘यो सामान्य होइन । एलिसनको पिँडौलामा चोट लागेको छ र उनलाई केही दिनको आराम दिइएको छ,’ प्रशिक्षक क्लोपले भने ।

गएको सिजनमा च्याम्पियन्स लिगको उपाधि उचालेको लिभरपुलका लागि एलिसनले महत्वपूर्ण भूमिका निभाएका थिए भने प्रिमियर लिगमा दोस्रो भएको थियो ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु