शुक्रबार, मङि्सर २०, २०७६
GokarnaNews
OnlineKhabarHub

गोकर्णेश्वर-४ मा स्वीकृत विनै धमाधम जग्गा प्लटिङ,वडा कार्यालय र प्रहरी प्रशासनलाई समेत अटेर

गोकर्णेश्वर-४ मा स्वीकृत विनै धमाधम जग्गा प्लटिङ,वडा कार्यालय र प्रहरी प्रशासनलाई समेत अटेर

काठमाडौं – गोकर्णेश्वर नगरपालिका- ४ मा अवैध रुपमा धमाधम प्लटिङ भएको छ । आफ्नो निजि जग्गा सम्माउने नाममा वडा कार्यालय र नगरपालिकाको स्विकृत पत्र विनै धमाधम जग्गा प्लटिङ गर्ने काम भएको पाइएको छ ।

गोकर्णेश्वर नगरपालिका- ४ खहरेखोला डाँडा आसपासका क्षेत्रमा प्रशासन र वडा कार्यालयलाई अटेर गर्दै ठेकेदार श्रीकृष्ण श्रेष्ठको कम्पनी मार्फत अवैध रुपमा डोजर चलाएको हो ।

फोन सम्पर्कमा आएका श्रेष्ठका भतिज जितेन श्रेष्ठले आफ्नो नीजि जग्गा सम्माउन लागेको जानकारी दिए । उनले गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको तोकका आधारमा काम अगाडी बढाएको बताए । गोकर्णेश्वर नगरपालिका मेयर ज्यूको तोकका आधारमा काम अगाडी बढेको हो ‘उनले भने ‘मेयर साप विजि भएर पत्र ल्याउन पाएका छैनौं । आज भोलीमै पत्र ल्याछौं । पहिलै देखि अड्कीएको काम अहिले सूरु गर्न लागेको उनको भनाई थियो ।’

तर काठमाडौं उपत्यका विकास प्राधिकरण को स्विकृत विना कुनै निजी वा सरकारी जग्गामा डोजर चलाउन नपाईने व्यवस्थाको ठाडो उलंघन गर्दै धमाधम प्लटिङ गर्ने काम भएको छ । नगरपालिकाले प्राधिकारण समक्ष सिफारिस पत्र मार्फत जानकारी गराई सोही पत्रका आधारमा प्राधिकरण को टालीले कृषीभुमी नभई आवासगृहको लागी भन्दै स्विकृत दिएपछि मात्रै जग्गामा डोजर वा अन्य साधन लगाउन पाईने व्यवस्था भएको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रशाशकिय प्रमुख केशव प्रसाद न्यौपाने बताउँछन् ।

यता गोकर्णेश्वर नगरपालिका ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले भने आफुलाई कुनै स्विकृत पत्र नआएको बताए । उनले भने ‘मैले पटक पटक नगरपालिका वा प्राधिकरणबाट पाएको स्विकृत पत्र माग्दा समेत वेवास्ता गर्दै आएका छन् । पत्र विना स्विकृत विनै काम भएको छ भन्ने जानकारी पाएर मैले गोकर्ण प्रहरी विट प्रमुख नायव निरिक्षक(सई) रामेश्वर खड्कालाई त्यो कार्य रोक्ने भन्दै जानकारी दिएको छु ।’उनले त्यसबारे आफु पुनः फिल्ड भिजिट समेत गरेर अन्य जानकारी दिने बताए ।

त्यस्तै गोकर्ण प्रहरी विटका प्रमुख सई रामेश्वर खड्काले त्यो जग्गा र प्लटिङका बारे ठेकेदार कम्पनिलाई स्विकृत पत्र लिएर प्रहरी विटमा आउन जानकारी गराएको बताए । उनले ‘पटक पटक जग्गा प्लटिङका बारेमा स्विकृत विना काम नगर्न आग्रह गरेको समेत बताए । प्रहरी प्रशाशनलाई नै वेवास्ता गरी कानुनको उलंघन गर्ने जो कोहीलाई कारवाहिको दायरामा ल्याउने बताए । सई खड्काका अनुसार त्यो अवैध कामलाई रोक्न प्रहरी पठाउने  जानकारी दिए । उनले भने ‘मैले केहीबेर अघि यसबारेको जानकारी पाएको छु । सम्बन्धीत व्यक्तिलाई स्विकृत र अन्य आवश्यक कागजात मगाएको छु । त्यसको वेवास्ता गरे,डोजर लगाएतका त्यहाँ प्रयोग भएका सामान जफत गर्न प्रहरी परिचालन गर्नेछु । उनले आफु स्वय  अवैध कार्य रोक्न सोही स्थान सम्म पुग्ने समेत जानकारी गराएका छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु