हङकङमा शक्तिशाली प्रदर्शन :प्रदर्शनकारीले लिए विमानस्थल नियन्त्रणमा

‘आँखाको बदला आँखा’

हङकङमा शक्तिशाली प्रदर्शन :प्रदर्शनकारीले लिए विमानस्थल नियन्त्रणमा

हङकङ – हजारौं प्रदर्शनकारीले सोमवार हङकङ विमानस्थल नियन्त्रणमा लिएका छन्। प्रदर्शनकारीले गर्दा यहाँबाट हुने उडान र अवतरण प्रभावित भएका छन्।

उनीहरूले विमानस्थलमै स्वतन्त्र हङकङको माग गर्दै नारा लगाएका छन्। उनीहरूले विमानस्थलमा उत्रिएका यात्रीलाई स्वागत गरेका छन्। अधिकांश प्रदर्शनकारीले कालो पोशाक लगाएका छन्। शुक्रवारदेखि नै उनीहरूले विमानस्थल कब्जामा लिने प्रयास गरेका थिए। आइतवार एक प्रदर्शनकारीको अनुहारमा चोट लागेको थियो। यद्यपि उनको पहिचान हुन सकेको छैन।

प्रहरीकने कुटाइबाट प्रदर्शनकारी महिलाको दृष्टि गुमेको हल्ला फैलिएको छ। यसको पुष्टि भनेको हुन सकेको छैन। प्रदर्शनकारीले ती घाइतेको तस्वीर पोस्टरमा राखेका छन्। पोस्टरमा उनको अनुहार पूरै रगतले लतपतिएको देखाइएको छ। प्रदर्शनकारीले ब्यानरमा ‘आँखाको बदला आँखा’ लेखेका छन्। एक प्रदर्शनकारीले हातमा लिएको ब्यानरमा लेखिएको थियो, ‘हङकङले हाम्रो हत्या गर्दै छ। हङकङ अब सुरक्षित ठाउँ रहेन।’

विमानस्थलका भित्ता, खम्बा, पिलर लगायतमा रातो रङले लेखिएका पोस्टर र सूचना टाँसिएका छन्। ती सबैमा ‘आँखाको बदला आँखा’ लेखिएको छ। केही प्रदर्शनकारीले भने, ‘हङकङका नागरिक डराउनु हुँदैन, अग्र मोर्चामा आउनुपर्छ। यसैबीच विमानस्थल अधिकारीले भने, ‘यहाँबाट अन्त जाने र आउने सबै उडान स्थगित गरिएको छ।’

चीनले आन्दोलन हिंसात्मक भएको बताउँदै यो आतंकवाद भएको बताएको छ। हङकङमा प्रहरी अधिकारीमाथि पेट्रोल बम प्रहार गरेपछि चीनको यस्तो भनाइ आएको हो।

स्टेट काउन्सिलको हङकङ र मकाउ कार्यालयका प्रवक्ता याङ क्वाङले भने, ‘हङकङका कट्टरपन्थी प्रदर्शनकारीले प्रहरी अधिकारीमाथि आक्रमण गर्न खतरनाक हतियार प्रयोग गर्न थालेका छन्। यो गम्भीर हिंसक अपराध हो र आतंकवाद फैलाउन खोजेको पहिलो लक्षण हो।’

प्रदर्शनकारीले हङकङको नियम, कानून र सामाजिक व्यवस्था ध्वस्त गर्न चाहेको याङले बताए। हङकङमा १० सातादेखि प्रदर्शन भइरहेको छ। हङकङ प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अ श्रुग्याँस प्रहार गर्दै आएको छ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु