हामीले खाने कुन–कुन खानेकुरामा प्रोटिन पाइन्छ ?

हामीले खाने कुन–कुन खानेकुरामा प्रोटिन पाइन्छ ?

शरीरका लागि प्रोटिनयुक्त खाना दैनिक आवश्यक पर्छ । शरीरको वृद्धि विकासका लागि प्रोटिनयुक्त खाना खानुपर्छ । प्रोटिनको कमीले शरीरको वृद्धि विकाससँगै शक्ति पनि प्राप्त हुन्छ । त्यसैले हामीले दैनिक खाने खानामा प्रोटिन छ वा छैन ख्याल गर्नुपर्छ ।

कुन खाद्यवस्तुमा पाइन्छ प्रोटिन ?
– दाल तथा गेडागुडीहरु,
– मासु तथा मासुबाट बनेका खाद्य वस्तुहरु,
– दूध तथा दूधबाट बनेका खाद्यवस्तुहरु,
– माछा तथा अण्डा
– बदाम, काजु ओखर आदि खाद्यवस्तुमा प्रोटिन पाइन्छ ।

प्रोटिनयुक्त खानाका फाइदा
– कोश तथा कोशिकाहरुको वृद्धि विकास गर्छ,
– खिइएको कोश तथा कोशिकाहरुको मर्मत सम्भार गर्छ,
– शरीरको वृद्धिविकास गर्छ,
– पाचन रस र हर्मोन उत्पादन गर्छ,
– १ ग्राम प्रोटिनमा ४ किलो क्यालोरी हुन्छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु