शुक्रबार, माघ १०, २०७६
GokarnaNews
OnlineKhabarHub

वैदेशिक रोजगारीमा जानेको म्यादी जीवन बिमा अनलाइनबाटै हुने

वैदेशिक रोजगारीमा जानेको म्यादी जीवन बिमा अनलाइनबाटै हुने

काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवन बिमाको प्रिमियम अनलाइनबाटै हुने भएको छ ।

आगामी भदौदेखि नै वैदेशिक रोजगारीमा जाने कामदारले बिमा खरिद र कल्याणकारी कोषको रकम अनलाइनबाटै भुक्तानी गरिने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । म्यादी जीवन बिमाको प्रिमियम अनलाइनबाट नै भुक्तानी गर्न सकिने व्यवस्था गर्ने लागिएको विभागले जानएको छ ।

विभागले अनलाइन पेमेन्ट सिस्टमका लागि सबै तयारी गरिसकेको छ । वैदेशिक रोजगारी म्यादी जीवन बिमाको अनलाइन भुक्तानीका केही सेवाप्रदायक संस्थाहरू विभागको सिस्टमसँग जोडिइसकेको विभागले जानकारी दिएको छ ।

वैदेशिक रोजगार म्यादी जीवन बिमा खरिदमा अनलाइन भुक्तानीको सुविधा सञ्चालनका लागि विभागले समितिसँग सहमति माग गरेर काम गर्ने लागेको हो । यो भन्दा अगाडि समितिमार्फत नै म्यादी बिमाका काम गरिदै आएको थियो ।

खल्ती, इ–सेवा र प्रभु अनलाइन भुक्तानी संस्था विभागको सिस्टमसँग जोडिएको विभागले जानएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त अनलाइन पेमेन्ट सेवाप्रदायक संस्था विभागको सिस्टमसँग जोडिएर काम गर्ने छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onvictinitor.com/afu.php?zoneid=2767382