डा लिम्बूले पाए गंगालाल अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मा

डा लिम्बूले पाए गंगालाल अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मा

काठमाडौं– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा युवराज लिम्बूले पाएका छन् ।

निर्देशक डा ज्योतीन्द्र शर्माको कार्यकाल सकिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा लिम्बूलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

डा शर्माको ४ वर्षको कार्यकाल आइतबार सकिए पछि स्वास्थ्य मन्त्री यादवले लिम्बूलाई अस्पतालको निमित्त प्रमूखको जिम्मेवारी दिएका हुन् ।

मुटुरोग विशेषज्ञ डा लिम्बू २०५९ सालदेखि गंगालाल अस्पतालमा कार्यरत छन् ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु