विप्लवको निशानामा स्थानीय सरकार

विप्लवको निशानामा स्थानीय सरकार

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आधार इलाका मानिन्छ, प्रदेश ५ ।

सशस्त्र द्वन्द्वको केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रुकुम पूर्वमा विप्लव कार्यकर्ताको बाहुल्य देखिएको छ । उनीहरुले विगतमा झै ‘जनसरकार’ खडा गरेका छन् ।

प्रदेश ५ का अधिकांश स्थानीय तहमा उक्त पार्टीको ‘सहयोग अपिलपत्र’ पुगेको छ । विप्लव कार्यकर्ताले धम्की र चेतावनीसमेत दिएका छन् ।

जनप्रतिनिधिले भने यसको प्रतिवाद गर्न सकिरहेका छैनन् । ‘प्रतिरोध गर्न सक्ने अवस्थै छैन,’ रोल्पाका एक जनप्रतिनिधिले भने,‘यही गाउँमा बस्नु छ । हुँदैन, गर्न सकिने सकिँदैन भन्ने अवस्था छैन ।’जनप्रतिनिधिको समस्या मात्रै होइन यो, ठेकेदार, शिक्षक, प्राध्यापकको पनि हो । रोल्पाका तत्कालीन नेकपा माओवादी केन्द्रनिकट प्राध्यानाध्यापकलाई गत वर्ष ५।५ लाख रुपैयाँ चन्दा दिनुपर्ने माग भयो । त्यसले उनीहरूको भागाभाग मच्चिएको थियो । त्यो क्रम अझै रोकिएको छैन ।

चन्दा नदिएको भन्दै विप्लव कार्यकर्ताले रूपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्ष किशुनचन्द्र चौधरी, प्युठानको स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकाया र पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेलाई मोसो दले । ‘एक साताअघि आर्थिक सहयोग गर्नु हुन भनेर चिठी प्राप्त भएको छ’, स्वर्गद्वारीका मेयर रोकायाले भने, ‘यसअघि हाम्रो कब्जामा छस् भनेर धम्की दिए । अहिले सहयोग मागेका छन् ।’ आजको अन्नपूर्ण दैनिकमा समाचार छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु