प्रियंका र दीपिकाका सबैभन्दा धेरै ‘फेक’ फलोअर्स !

प्रियंका र दीपिकाका सबैभन्दा धेरै ‘फेक’ फलोअर्स !

मुम्बई– अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणको बलिउड र हलिउड दुवैतिर चर्चा हुन्छ । दुवैका संसारभर कैयन् फ्यान छन् । सामाजिक सञ्जालमा पनि प्रियंका र दीपिकाले आफ्नो जीवनसँग जोडिएका कैयन् कुरा शेयर गर्ने गर्छन् ।

हालै एक रिपोर्ट सार्वजनिक भएको छ कि, प्रियंका र दीपिका ती १० सेलिब्रेटीमा पर्छन्, जसका सबैभन्दा धेरै ‘फेक’ फलोअर्स छन् ।

१० औँ सूचीमा प्रियंका चोपडा छिन् । इन्स्टाग्राममा उनका ४३ प्रतिशत फलोअर्स फेक (नक्कली) छन् । यस्तै छैठौँ नम्बरमा दीपिका पादुकोण छिन् । उनका उनका ४५ प्रतिशत फेक फलोअर्स छन् । इन्स्टाग्राममा प्रियंकाका ४३ मिलियन र दीपिकाका ३७ मिलियन फलोअर्स छन् ।

यो सूचीमा सबैभन्दा माथि टोक शो होस्ट डीजेनर्स छन् । जसका ४९ प्रतिशत फेक फलोअर्स छन् । यो सूची इन्टिच्युट अफ कन्ट्रेम्प्ररी म्युजिक परफमेन्स नामक संस्थाले सार्वजनिक गरेको हो ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु