जोरपाटी-सुन्दरीजल सडक निमार्णमा राजनीति,जनप्रतिनिधिहरुबिच आरोप-प्रत्यारोप

जोरपाटी-सुन्दरीजल सडक निमार्णमा राजनीति,जनप्रतिनिधिहरुबिच आरोप-प्रत्यारोप

काठमाडौं – जोरपाटी – सुन्दरीजल सडकका स्थानीय नागरिकले बाटोको सास्ती बेहोर्न थालेको बर्षौ भईसक्यो ।बर्षायाममा हिलो,ढल र हिउँदमा धुलोको सास्ती सामना गर्दै आएका छन् । ३ वर्षअघि जोरपाटी – सुन्दरीजल सडक विस्तार योजना सुरु भएपनि अहिलेसम्म पूरा नभएपछि स्थानीयले पटक पटक बाटो मर्मत तथा सम्भारका लागी कहिले बन्द त कहिले सडक नै अवरुद्ध पार्दै आएका छन् । सडकको कन्त विजोग देखि नसक्नु छ । विरामी,बालबच्चा, बृद्ध लगाएत अन्य मानिस समेत पैदल हिड्न सक्ने स्थिीती हुँदैन । सडकमा ठेकेदार कम्पनीको लापर्वाही साथै सडकमा राजनीति हावी हुँदा सडक बन्ने भन्दा पनि आन्दोलन र वन्दको शिकार बन्ने गरेको छ ।

त्यस्तै सडक निमार्णमा भए गरेका ढिलासुस्ती,र अन्योलता लगाएत सडक निमार्णमा कसरी सहजीकरण गर्ने सकिन्छ भन्ने सवालमा जोरपाटी सुन्दरीजल सडक निमार्ण सहजीकरण समितिले अन्तक्रिया कार्यक्रम गरेको छ ।
शनिवार गोकर्णेश्वर नगरपालिका ८ सुनगाभा पार्टी प्यालेसमा भएको अन्तक्रिया कार्यक्रममा जनप्रतिनिधिहरुबिच भने आरोप प्रत्यारोपमै वित्यो ।


कार्यक्रमको प्रमुख अतिथि रहेका काठमाडौं क्षेत्र नम्बर ३ का सांसद कृष्ण राईले सडकमा राजनीति नगर्न आग्रह गरे । उनले जनताको दैनिकी सँग प्रत्यक्ष सरोकार राख्ने सार्वजनिक महत्वका बिषयमा राजनीति नगर्न आग्रह गरेका हुन । उनले गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले दिएको अभिव्यक्तिको खण्डन समेत गरे । उनले भने ‘राष्ट्रिय योजनामा परेको रणनैतिक सडकलाई नगरपालिकाले बनाउने भन्दै जनतामा भ्रम नछर्नुस । नगरपालिकाको अधिकार भित्र नपर्ने कुरा लाई जनतामा अपवाह फैलाएर भ्रम सृजना गरेर राजनीति गर्ने काम बन्द गर्नुस । केन्द्रिय योजना अनुरुप टेण्डर भईसकेको योजनालाई नगरपालिकाले कुन र के आधारमा लगानी गर्न मिल्छ भन्दै ? स्थानिय सरकार संचालन ऐनले यो अख्तियारी दिएको छ ?’

नेकपा काठमाडौं जिल्ला अध्यक्ष समेत रहेका राईले पटक पटक जिल्ला प्रशासन,सडक विस्तार आयोजनामा भएका सम्झौता कार्यन्वयन किन नभएको भन्दै प्रश्न गरे । उनले नेपाल सरकारले तोकेको मापदण्ड र निति अनुरुप सडक विस्तार गर्न मिल्ने ठाँउमा २२ मिटर र अन्य ठाँउमा सहमतिमा सडक विस्तार निमार्ण हुने जानकारी दिए । उनले सामाजिक संजालको टिका टिप्पणीको पछि नलाग्न आग्रह गर्दै , तत्काल सडक निमार्ण गर्ने जानकारी गराए ।

कार्यक्रममा प्रदेश सांसद द्वय रामेश्वर फुँयाल र छिरिङ दोर्जे लामाले सम्पूर्ण जनताको चित्त बुझाएर मात्र सडक निमार्ण एव्म विस्तार गर्नुपर्नेमा जोड दिए ।


त्यस्तै गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेले केही मानिसहरु सडकलाई लिएर खेल खेलेको बताए । उनले जोरपाटी – सुन्दरीजल सडक २२ मिटर नै कायम गरी निमार्ण एव्म विस्तार हुने जानकारी दिए । उनले भने ‘सडकमा केही मानिसहरुले राजनीति खेलेका छन् । त्यस्ता राजनीति खेल्दा कसैको हित हुँदैन ।’ उनले जनताको सुविधा र जनताको भावना अनुरुप सरकारी प्रति जग्गामा २२ मिटर र अन्य ठाँउमा सहमतिका आधारमा सडक निमार्ण एव्म विस्तार हुने बताए ।

प्रमुख चालिसेले जनप्रतिनिधिहरु बिच कुनै विवाद र मतभेद नभएको भन्दै केन्द्र र स्थानिय मिलेरै सडक निमार्ण एव्म विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सडक आयोजनाका उपसचिव बिष्णु प्रसाद खरेलले सडक सम्बन्धी केन्द्रीय मापदण्ड फेरबदल गर्न नसकिने जानकारी दिए ।राष्ट्रिय योजना अन्र्तगतको यो सडकको मापदण्ड फेरवदल गर्न केन्द्रीय सरकारलाई समेत कठिने हुने उनको भनाई थियो ।

अन्र्तक्रिया कार्यक्रममा जोरपाटी –सुन्दरीजल सडक निमार्ण सहजीकरण समितिका संयोजक उद्धव बिष्टको अध्यक्षता रहेको थियो भने कार्यक्रममा नेपाली कांग्रेसबाट श्रीकृष्ण ज्योती, नेकपाबाट टि आर नेपाल , प्राविधिक इन्जिनिएर लक्ष्मण देवकोटा, स्थानिय जनप्रतिनिधि र स्थानियबासीहरुको सहभागिता रहेको थियो ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु