खाडीका देशमा एक हप्ता विदा, नेपाली कामदारलाई फाइदा

खाडीका देशमा एक हप्ता विदा, नेपाली कामदारलाई फाइदा

काठमाडौं– ईस्लाम धर्मावलम्वीहरुको चाँड ईद अल अधाको अवसरमा खाडी मुलुकमा एक हप्ता विदा हुने भएको छ । मुस्लीम धर्मावलम्बीहरुले आगामी अगस्ट ११ देखि १५ सम्म ईद अल अधा मनाउँदै छन् । उक्त अवसरमा खाडीका विभिन्न देशमा कार्यरत विदेशी कामदारले पनि एक हप्ता विदा पाउने भएका छन् ।

त्यसमध्ये तीन दिन चाँहि कामदारले तलबसहितको बिदा पाउने छन् । अनिवार्य सेवाका भएपनि ईदको पहिलो दिन विदेशी कामदारहरुले अनिवार्य बिदा पाउने छन् ।

कतार सरकारले ईदका अवसरमा सरकारी कार्यालयमा ५ तथा निजी क्षेत्रमा तीन दिनको बिदाको घोषणा गरेको छ। कतारस्थित नेपाली दूतावासले अगस्ट ११ र १२ तारिखमा कार्यालय विदा गरिने सूचना प्रकाशित गरेको छ ।

साउदीस्थीत नेपाली दूतावासले ईदको समयमा सतर्क रहन नेपाली कामदारसहित नेपाली समुदायलाई आग्रह गरेको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै ईदमा लामो छुट्टी हुने भएकाले मद्यपान गरी झगडा नगर्न तथा उक्त समयलाई खेलकुद, भेटघाट तथा रमाइलो गर्दा सहज रहन आग्रह गरेको छ । यस्तै, ओमन, कुवेत, बहराइनलगायतका देशले पनि अधाको अवसरमा नियोग बन्द हुने जनाएका छन् ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु