“नेताको आखाँमा परौंला नपरौंला तर जनताको आँखामा सधै परिरहनेछु”

“नेताको आखाँमा परौंला नपरौंला तर जनताको आँखामा सधै परिरहनेछु”

राजनीति र नेता शब्द एकअर्काका परिपुरक छन् । राजनीति र नेता भनेकै समाज सेवा वा भनौं जनताका समस्याहरुलाई सरकार र सम्बन्धीत निकाएमा पु¥याउने व्याक्तिहरु एव्म प्रणाली हो । राजनीतिमा होमिन तेती सहजता पनि छैन् । निस्वार्थ भावनाले राजनीतिमा लाग्ने र जनताको सेवामा समर्पीत हुने व्याक्ति नै सच्चा नेता वा राजनीतिकर्मी हो । तर पछिल्लो समय नेपाली समाजमा राजनीति र नेता भन्ने वित्तिकै जनतामा वितृष्णा आउने परिस्थीतीहरु उत्पन्न हुँदै गएका छन् । जनताका समस्याहरु एकातिर छन् भने राजनीति अर्का्तिर गएको भान हुन्छ । जनताका दैनिकीसँग सरकार र राजनीति नेतृत्व गम्भिर नबन्दा यस्तो परिवेश बनेको देखिन्छ । बर्षौ निस्वार्थ भावना र सेवामा समर्पीत हुने राजनीतिकर्मी भन्दा केही दिनमा राजनीतिक पहँच बल र स्वार्थका कारण आउने नेतृत्व र नेताहरुकै कारण जनतामा त्यस्तो नैरास्यता पैदा हुँदै गएको छ । राजनीतिमा स्वार्थ लोलुप्ता,नजिकको आसेपासे, नातेदार र पैसाका भरमा पदहरु बाड्ने प्रवृती नेपाली राजनीतिमा नौलो रहेन । केही राजनीतिकर्मीहरु जनताको सेवामा भन्दा धन दौलत कसरी कमाई गर्न सकिन्छ भन्ने ध्ययेमा लाग्ने गरेको समेत बेलाबेलामा नेपाली राजनीतिमा नआएका होईन्न । अझै पनि केही ठेकेदार तस्कर र भष्ट्रचारमा समेत मुछिदै आएका छन् । त्यस्ता राजनीतिकर्मीहरुकै कारण सच्चा जनताको सेवामा समर्पीत राजनीतिज्ञहरु भने आझेलमा परेका छन् । त्यस्तै जनता र समाजको लागी केही गर्छु भन्दै नेपाली राजनीतिमा होमिएकी एक सच्चा नेतृ हुन कृष्ण कुमारी खतिवडा । जो नेपाली जनता र नेपाली समाजको विकास र उन्नतीको लागी रातदिन लागिपरेकी छन् । न भोक न तिर्खा भन्दै समाज विकासको लागी आफ्ना पाइलाहरु चाल्दै आएकी छन् । खतिवडा नेपाली कांग्रेसबाट राजनीतिमा होमिएकी छन् । पाँचथरको तात्कालिन फलैचा गाविस ४ मा जन्मिएकी खतिवडालाई उनकै बुबा माधव प्रसाद पौडेल ,बुबाका साथीहरु कृष्ण विक्रम नेम्वाङ, देउन दोर्जे थिङ ,भुविक्रम नेम्वाङ,नरेन्द्र विक्रम लगाएत अग्रजहरुकै प्रेरणामा करिव ३२/०३३ सालतिर उनि राजनीतिमा होमिन । उनि राजनीतिमा लाग्दा भर्खर ६ कक्षा पढ्दै थिईन ।

उनलाई राजनीतिमा होमिन मामा देवी प्रसाद पाठकको पृष्ठभुमी पनि हो । उनका बुबा र मामा पहिले देखी राजनीतीमै लागेका थिए । मामालाई २०१८ सालतिरको तात्कालिन शाशकले गोली हानी मरेको थियो। उनका मामालाई मारेपछि उनका बुबालाई पनि खोज्दै आए , विभिन्न ठाँउमा लुक्दै राजनीतिलाई अगाडी बढाए । लुक्दै गर्दा लुकेर बसेको ठाँउ तापलेजुङको आङखुबाट उनको बुबालाई पनि पक्राउ गरी धनकुटाको जेल हालियो । जेलमा जुगाँ ओखेल्दीने,राईफलले हान्ने लगाएतका यातना दिए । घर परिवार –नातेदारहरुलाई सबैलाई यातना र मार्ने क्रम भएपछि राजनीतिमा होमिन कोही चाहेनन् । तर केही समय पछि बुबा जेलबाट छुटेपछि उनलाई आफ्नो राजनीति जिम्मेवारी सम्हाल्न आग्रह गरेर र बाबुको आग्रहलाई स्विकार गर्दै उनी कक्षा ६ बाटै राजनीमा सक्रिय भईन । समयक्रमसँगै उनी विधार्थी राजनीति गर्दै पार्टीको जिम्मेवारी तिर पनि लागिन , राजनीतिमा पार्टी कांग्रेस भएपनि विकास र समाजमा सबै दलका सँग मलेमिलाप गर्ने उनको बानीले उनलाई सबैले माया गर्थे ,  ०४६ सालमा गाँउ कार्यसमिति महिला संघको सभापति भईन । सोही समयबाट पार्टीको महासमिति सदस्य भईन , ०५६ तिर गिरिजाप्रसाद कोईराला पार्टीको सभापति थिए त्यो समयका । उनी पाँचथर महिला जागृती तथा आयआर्जन संस्थाको जिल्ला अध्यक्ष भईन । सोही क्रममा जिल्लामा काम गर्दै गर्दा उनि विभिन्न ८ वटा गावसिमा नेतृत्व लिएर अन्य काम समेत गरिन । उनको प्रमुख उदेश्यनै त्यो समयमा महिला र पूरुषको विभेद अन्त्य गर्नुथियो,महिलालाई आर्थिक शशक्तीकरण गर्ने,राजनीतीमा समानता लगाएतका कर्ममा उनी थिईन । जसरी भएपनि विभेदको अन्त्य गर्ने र महिला पूरुष समान हुनुपर्छ भन्ने कार्यमा दृढ भएर लागेकी थिईन । परिवर्तनको लागी त्यसको प्रमुख माध्यम पनि राजनीतीनै थियो । काम गर्ने क्रममा  समान पद र हैसिएत भएका भएपनि पुरुषलाई वढि तलव र महिलालाई कम थियो  । विभेद जकडिएको थियो । त्यसलाई अन्त्य गर्ने ध्यउन्नमा उनि थिईन । त्यहि क्रममा माओवादी द्धन्द्ध चर्किएको थियो । उनि कांग्रेसको पार्टीमा राजनीति गरिरहेकी भएकोले पनि उनी उनिहरुको निशानामा परिन ।


०५८ सालका कांग्रेस भएको भन्दै गिरिजाको पुच्छर, देउवाको भत्ता खाने भन्दै तात्कालीन माओवादीले घर कब्जा गर्यो, ६ परिवार सदस्य रहेका उनिहरु द्धन्द्धको चपेटामा परे । श्रीमानको स्थायी जागिर थियो,च्याङथापु विष्णु मावीमा । उनका श्रीमानपनि राजनीतिमा सक्रीय थिए । द्धन्द्धकालमा तात्कालिन विद्रोही माओवादीले घर जग्गा कब्जा गरे, श्रीमान र उनी कार्यक्रममा बाहिर गएको समयपारी ४ छोराछोरीलाई बन्धक बनाए, घरमा कब्जै भएपछि, उनिहरु सदरमुकाम,छोराछारी उनिहरुको कब्जामा,रुदारुदै आँसु सुके, २ महिना सम्म छोराछारी उनिहरुकै कब्जामा रहे । २ महिना पछी रातको १ बजे भागेर  छोराछारी सदरमुकाम आए । तर उनले तात्कालिन माओवादीसँग कुनै वैरभाव राखिनन् भन्छिन् ‘हामी सँग भन्दा पनि राज्य व्यवस्था सँग थियो लडाई हामी पार्टीको पदमा भएकोले हामी उनिहरुको तारोमा पर्यौं ।’

  कांग्रेसले काम ग¥यो निति बनायो अन्यको नाम आयो । तर पनि काम र निति हाम्रै थियो सरकार उहाँहरुको त्यसकारणले पनि यसको सार्थकताको लागी उहाँहरुको समर्थकलाई जिम्मा लगाउनु पर्यो ।

श्रीमान साइन्स टिचर स्कुल नछाडे मार्ने धम्की आएपछि , वारिस नामा गराएर जागिर छुटाइन र सदमुकाम केही बर्ष बसे । उनी काठमाडौंमा समेत बेला बेला आएर सामाजिक काम गर्थिन । परिवारसहित ०५९ तिर काठमाडौं आईन । जोरपाटी ३ मा बसिन र त्यहाँ पनि उनि समाज सेवामै तल्लिन भईन । विकास निमार्ण देखी पार्टीका कार्यमा सक्रीय भईन । ०६२/०६३  पूर्वाञ्चल आन्दोलनमा महिलाको नेतृत्व  लिईन , पटक-पटक गिरफ्तारी भईन ।

तात्कालिन समयमा उनि राजनीति सँगै व्यापार व्यवसायमा पनि थिईन , माओवादीले घर सम्पती कब्जा गरेपछि बैंकबाट लिएको ऋण तिर्न सक्ने स्थीती रहेन । आर्थिक रुपमा ठुलो क्षती भयो । उनको ‘क’ वर्गको व्यापार थियो, अलैची, छुपी लगाएतको व्यापार थियो , पछि प्रहरीले सरजीवनी गर्दा करिव १ करोड १९ लाख बराबरका रहेको थियो । बैंकलाई तिर्ने पैसा छैन् घर कब्जामा छ , पर्नु समस्या पर्यो उनलाई ,त्यो समयमा नत राज्यले नत पार्टीले नै सहयोग गर्यो । पछि राज्यले क्षतिपूर्ती दिने भन्ने कुरा आयो तर करोडको घाटा छ, केही रकमले उनलाई धान्ने स्थीती नै थिएन । उनको फाईल शान्ती मन्त्रालयमै छ। तर उनलाई पैसा खाएको र लिएको आरोप केही मान्छेले लगाए राज्य कोषबाट रकम लियो भन्ने तर आज सम्म लिएकी छैनन् उनले । त्यो समयमा बैकले घर लिलाम गर्न खोज्यो पछि घर बेचेर बैंकको ऋण  तिरिन । त्यसै समयबाट लाग्यो द्धन्द्धको बेला ऋण लगेका गरिब त ऋण तिर्दै जिन्दगी सकिने साथै ऋण दोब्बर तेब्बर भयो । त्यसैको समाधान गरिबको हकहितको लागी भन्दै उनले राष्ट्रिय वितिय समस्या समाधान संस्था खोलिन र त्यसको जिम्मेवारी लिईन । जसले गरिव किसानलाई ऋण मिनाह गर्ने, धनी बाट व्याज असुली समेत गर्ने थियो । यसको ५६ जिल्लामा शाखा खोलिए । केही मानिसले यसलाई सफल हुन दिएनन् । बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा किसानलाई ३० हजार सम्मको ऋण मिनाह गराउन पहल गर्ने भन्दै साधारणसभाबाट संस्थाको जिम्मा माओवादी समर्थकले लिए । लगातारको प्रयासबाट त्यो कामले सफलता पायो । भन्छिन कांग्रेसले काम ग¥यो निति बनायो अन्यको नाम आयो । तर पनि काम र निति हाम्रै थियो सरकार उहाँहरुको त्यसकारणले पनि यसको सार्थकताको लागी उहाँहरुको समर्थकलाई जिम्मा लगाउनु पर्यो । कृष्ण कुमारी खतिवडाको योगदान,काम देखेर तात्कालिन अर्थराज्यमन्त्रीले समेत सम्मान गरे  । राम्रै काम भन्दै सम्मान दिइयो, आफुले सुरुवात गरेको कार्यले सफलता पाउदा खुसी लाग्यो ।’

द्धन्द्ध पिडित भएपछि घर छाडेकी उनी काठमाडौं क्षेत्र नम्बर ३ जोरपाटी पाटीटारमा बसिन । त्यो समयमा पनि उनी कहिले काठमाडौं कहिले पाँचथर जाने आउने र समाजकै लागी काम गर्दै हिडिन । अहिले कामनपा ६ बस्छिन् , पाटीटारमा हुँदा पनि गौतम बुद्ध टोल सुधार समितीको नेतृत्व लिईन । बाटो,ढल,खानेपानी, विजुली लगाएतका काममा लागिन । सुरुमा गृहजिल्ला छाडेर आएको समयमा तिज मेला पर्दा आउदा समेत नत त माईती न त कोही उनलाई उराठ पनि लाग्यो । तात्कालिन समयका नेता चक्र बहादुर ठकुरीलाई तिज लगाएतका कार्यक्रम गराई दिन आग्रह गरिन । उनको त्यो आग्रहलाई ठकुरीले स्विकार गरेर र कार्यक्रम तय भयो । माईती परिवारको आभास सबै दिदी बहिनी सँगै बस्दा भेटहुँदा अभाव खड्कीन छाड्यो । सबै माईती लाग्न लागे । त्यो समयदेखी सुरुवात गरेको त्यो प्रचलन अहिले सम्म संचालित छ । तर त्यसमयमा केही मान्छेहरु बाहिरबाट आएको भनेर, राम्रो कामको विरोध गर्ने गर्दै हस्तक्षेप पनि गरे । त्यसलाई चिर्दै कार्यक्रमलाई निरन्तरता दिइयो । आफ्नो योग्यता क्षमताकै कारण आज सम्म उनि सामाजिक कार्यमै व्यस्त  छिन् ।

उनी नमुनावस्ती सुधार समितिको अध्यक्ष भईन । सुरुमा ढल व्यवस्थापन लागी मंगाल निमार्ण गर्ने कार्य भयो, खानेपानी बाटो, ढल , पार्क लगाएत बनाउने कार्यका सक्रिय रहिन । द्धन्द्धकालिन अवस्थाबाट आएकोले उनले शान्ती पार्क बनाउने कार्यमा समेत लागिन, त्यो सँगै त्यस एरियामा विजुली, फोन, खानेपानी, बाटो लगाएत लैजाने कार्यमा तल्लीन भईन ।  फोहर र ढलको कन्त विजोग त्यसमा समेत समाधानको लागी समन्यवयात्मक भुमिका खेलिन । पार्क बनाउदा होस् पानिका योजना ल्याउनको लागी होस् अनेकन संघर्ष गरिन । अन्य ठाँउमा फ्रिज भएको बजेटलाई त्यस ठाउँमा ल्याएर समेत काम गरिन । तर त्यसबेलाका एमाले माओवादीले उनको कार्यलाई विकास देखेनन् । उनको समाजसेवालाई पचाएनन् । पार्क निमार्ण गर्न ६० प्रतिशत बजेट सरकारको र अन्य समितिबाट राखियो तर काम ६० प्रतिशतमै सकाएर त्यो समितिका व्यक्तिको रकम फिर्ता भयो । जिविसले अनुगमन गरेको पार्क ६० प्रतिशत बजेटबाटै निमार्ण गरेको भन्दै उनीलाई बधाई तथा धन्यवाद दियो । जवकी ६० प्रतिशत रकममा कम थालेको भन्दै । केही कांग्रेसका साथीहरुले समेत पार्क बनाउन अवरोध गरे । तर उनि हडबडाईनन् निरन्तर पार्क निमार्णमा अझै लागिरहेकी छन् ,पार्क उद्घाटन काग्रेस नेता अर्जुननर सिंह केसीले गरे सोही क्रममा भागवत समेत लगाईयो । समापनमा प्रतिनिधि सभा सदस्य कृष्ण राई,कामनपा मेयर विधा सुन्दर शाक्य लगाएतको उपस्थिति रह्यो । उनले पार्कलाई अझ स्तरिय बनाउनको लागी काठमाडौं महानगरपालिका विद्या सुन्दर शाक्य,सांसद राई लगाएतलाई झकझक्याउदैं गईन । र अन्नत महानगरपालिकाले सहयोग ग¥यो । पार्कको नक्सा तयार भयो । पार्कको नक्सा सार्वजनिकीकरण भयो ।, केही देशमा देखेको अनुभव समेत नक्सा बनाउने कार्यमा आफ्ना अनुभव समेत शेयर गरिन । उनको विरोध गर्ने केही मान्छे भने उनको हरेक राम्रो कामको भाजो हाल्ने र विरोध गर्ने नियतमा लागेका थिए  र फेरी केही मानिसहरु पार्कको विरोधमा लागे पार्कको गेटमा कालो समेत दले । तर उनि त्यसको पछि लागिनन् निरन्तर काममै लागिन , उनलाई हजारौ टोलवासीले सहयोग र स्वागत गरेका थिए । विरोधीको वास्ता गरिनन् बरु सुन्दर पार्क बनाउनेमै लागेकी छन् ।अहिले महानगरपालिकाले १ करोड २४ लाँख रकम विनियोजित गरेको छ । अब सुन्दर पार्क बन्ने पक्रिया सुरु हुँदैछ ।

 

संघर्षकै क्रममा बाटो, खानेपानी लगाएतका कार्यमा काम गर्दा अनेकौ बाधाहरु झेलिन । खानेपानीमा समेत पैसा तिरेर खाने भन्ने थालियो । उनले त्यसको विरोध गरिन जमिन मुनीको पानी पिउन जनताले ३० /३० हजार तिर्नुपर्ने भन्नेमा उनको विमती रह्यो । उनले केही मान्छे मोटाउने गरी काम गर्न खोजिएको भन्दै पैसा नतिर्ने र जनताले निशुल्क पाउनु पर्छ भन्नेमा लागिन तर उनलाई त्यसमा सहयोग भएन । समितिबाटै निकाल्ने प्रयास भयो । तर उनको जनहितको कामबाट जनता खुसि भएकै कारण उनलाई साभारण सभाबाट पुनः अध्यक्षमै राखियो । केही मानिसको विरोध भएपनि जनताभने उनकै पक्षमा थिए । अन्तत पानि खुवाएरै छाडिन् । केही मानिस धारा बन्द गराउन भन्दै खानेपानी विभागमा गए । पटक पटक वन्द गराउने प्रयास भयो, केही समय बन्द भयो । सचिव स्तरीय निर्णयबाट र अर्को चरणमा मन्त्री स्तरिय निर्णय गराएर भएपनि जनतालाई निशुल्क पानि खुवाएरै छाडिन् ।

  द्धन्द्धकालमा तात्कालिन विद्रोही माओवादीले घर जग्गा कब्जा गरे, श्रीमान र उनी कार्यक्रममा बाहिर गएको समयपारी ४ छोराछोरीलाई बन्धक बनाए, घरमा कब्जै भएपछि, उनिहरु सदरमुकाम,छोराछारी उनिहरुको कब्जामा,रुदारुदै आँसु सुके, २ महिना सम्म छोराछारी उनिहरुकै कब्जामा रहे । २ महिना पछी रातको १ बजे भागेर  छोराछारी सदरमुकाम आए । तर उनले तात्कालिन माओवादीसँग कुनै वैरभाव राखिनन् भन्छिन् ‘हामी सँग भन्दा पनि राज्य व्यवस्था सँग थियो लडाई हामी पार्टीको पदमा भएकोले हामी उनिहरुको तारोमा पर्यौं ।’

अर्को समितिमा भने ३० / ३० हजारका दरले उपभोत्ता समितिले पैसा उठाएर पानि वितरण गरेको थियो तर उनले भने करिव १५०० घरलाई निशुल्क खुवाउन सफल भईन । सँगै सरकारी स्तरबाट पानिको वितरणमा उपभोत्ता समितिले पैसा उठाउन नपाईने भन्ने जस्ता प्रावधान र नीतिलाई समेत क्याविनेट सम्म पुर्याईन र लागु समेत भयो । उनलाई जनताले सहयोग गरे । कसैले अवरोध गरे तर त्यसको प्रभाह नगरी उनी बाटो पानी , सार्वजनिक सम्पति पार्क लगाएतका बनाउने कार्यमाहरुमा अनवरत यात्रामा छिन् । जनताको पैसामा रमाउनेहरुको लागी उनी अहिले घाडो भएकी छन् होला तर जनताको लागी उनि सच्चा राजनीतिज्ञ एव्म समाजसेवी भएकी छन् ।

सडक -वत्तिमा नगरपालिकाले ८५ प्रतिशत जनताले १५ प्रतिशत राख्ने भन्ने भयो ९० प्रतिशतमा ठेकेदारले काम सकायो, अहिले त्यो जनताको १० प्रतिशत रकम फिर्ता गर्नुपर्छ भन्दा केहीले विरोध गरे । समितिमै हुनुपर्छ भन्दैछन् तर उनि त्यो जनताको रकम फिर्ता गराउने पक्षमा छिन् । उनको समितिमा रहेको सिटिजन बैंकमा भएको जनताकै पैसा फिर्ता गर्नुपर्छ भन्ने पक्षमा छिन् र फिर्ता गराएरै छाड्ने बताउछिन् ।

उनी काठमाडौं सँगै पाँचथरमा पनि पार्टी र जनताका काममा लागिरहेकी हुन्थिन । नेपाली कांग्रेसको पटक पटक महासमिति सदस्य भएकी छन् । उनलाई शुशिल कोईराला सभापति भएको समयमा पाँचथरबाट समानपातिक कोटाको टिकट पाउने पक्रियामा थिईन तर घरमा बुबाको घटना भएपछि ,काममा बस्नु पर्र्यो । केही दिन वाहिर जान नपाएको मौका छोपी पाँचथरका तात्कालिन जिल्ला नेताहरुले उनको योग्यता र कार्यको डाह गर्दै केन्द्रका भ्रम सृजना गराई नाम कटाए त्यसैले कहिले काही आफ्नै पार्टीका साथीहरुको यस्तो व्यवहारले समेत उनलाई पोल्छ ।

उनी पढाईमा समेत अब्बल छिन् । उनलाई आफ्ना छोरा छोरीले समेत साथ दिएर अध्ययन समेत गरेकी छन् । ०४३ सालमा धुलाबारी मावी एसएलसी गरेकी उनी प्रविणताप्रमाण पत्र तह काठमाडौंमै गरिन । पढाईसँगै समाजिक कामको चटारो तर पनि उनि स्नातक तह सम्म पढ्न चाहान्थीन । उनको लगाव र तिव्र इच्छाकै कारण ०६७ सालमा त्रिविबाट राजनीति शास्त्रमा फस्ट( प्रथम) डिभिजनमा स्नाकोत्तर सकाईन । पढाई सँगै उनको राजनिति सेवा वा भनौ समाजसेवाको कार्य लगाव निरन्तर चलिनै रहेको छ । भन्छिन् ‘मरेर लानु केही छैन् । हामी राजनीति गर्दा समाज र जनताको हितमा गर्नुपर्छ भन्दै लागेका मान्छे जनताकै दैनिकी सँग घुलमिल हुनुपर्छ । म त्यसै कार्यमा लागिपरेकी छु । नेताको आँखामा परुला नपरुला तर जनताको आँखामा सधै परिरहने छु र परेकी छु जस्तो लाग्छ । जनताहरुकै सेवा र सत्कर्ममा लाग्ने काममा सधै मेरा पाईला अगाडी बढ्नेछन् । त्यसमा जनताहरुकै साथको खाचो मेरा लागी हुने छ । मेरो कर्म जनताकै सेवाका लागी हो त्यसकै लागी म राजनीतिमा लागेकी छु ।’

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: