२ करोड ठगी गरी फरार महिला प्रहरीको फन्दामा

२ करोड ठगी गरी फरार महिला प्रहरीको फन्दामा

काठमाडौं– सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको करिब २ करोड रुपैयाँ ठगी गरी फरार रहेकी संचालक सदस्य प्रतिमा सिटौला पक्राउ परेकी छन् । काठमाडौं महानगरपालिका–२६ ठेगाना भएकी ३२ वर्षीया सिटौलालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सोमबार नुवाकोटको विदुरबाट पक्राउ गरेको हो ।

काठमाडौं टोखा नगरपालिका–९ स्थित नाङ्गलो दीप सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडकी संचालक सदस्य सिटौला सहकारीमा जम्मा भएको एक करोड ८३ लाख १८ हजार ८ सय ७१ रुपैयाँ ठगी गरी फरार भएकी थिइन् ।

सिटौला र सहकारीका पदाधिकारीहरुले २०७०/०७१ सालमा २ सय २ जना निक्षेपकर्ताहरुलाई आकर्षक सेवा, सुविधा र उपहार प्रदान गर्ने भन्दै विभिन्न प्रलोभनमा पारी रकम जम्मा गर्न लगाएका थिए ।

सिटौलासहित भएको ठगी मुद्दामा उच्च अदालत पाटनले २०७३ चैत ७ गते एक महिना कैद सजाय र १८ लाख ३१ हजार ८ सय ८७ रुपैयाँ जरिवाना तोकेको थियो ।

प्रहरीले सिटौलालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरेकोमा कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु