मङ्गलबार, बैशाख २८, २०७८
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

जापानिज भाषा परीक्षाको मिति तोकियो,सीप परिक्षणको जिम्मा फाउन्डेसनलाई

काठमाडौं – रोजगारीका लागि जापान जाने परीक्षार्थीको भाषा र सीप परिक्षणको जिम्मा जापानिज जापान फाउन्डेसनले पाएको छ ।

फाउन्डेसनले नेपालमा अक्टोबर २७ र २८ तथा नोभेम्बर ५ र ६ मा (काठमाडौं)मा भाषा र सीप परीक्षा गराउने भएको छ । भाषा र सीप परीक्षा उत्तीर्ण गरेसँगै भिसाको प्रक्रिया शुरु हुनेछ ।

भाषा र सीप परीक्षा उत्तीर्ण गरेका कामदारलाई जापानको रोजगार मन्त्रालयले सूचीमा राख्ने छ । जापानले नेपाललगायत विभिन्न ९ देशबाट सन् २०१९ देखि ५ वर्षको अवधिमा ३ लाख ४५ हजार रोजगारीका लागि विदेशी कामदार भित्र्याउने योजना गत वर्ष सार्वजानिक गरेको थियो ।

यो संस्थाले जुन २८ देखि विभिन्न देशबाट कामदार ल्याउने आवश्यक प्रक्रियालाई शुरु गर्ने छ । नेपाल र जापानबिच श्रमिक आपूर्ति गर्ने विषयमा गत चैत महिनामा सम्झौता भएको थियो ।