बिहिबार, मङि्सर १९, २०७६
GokarnaNews
OnlineKhabarHub

‘विप्लव’ नेकपाका तीन केन्द्रीय नेता काठमाडौंबाट पक्राउ

‘विप्लव’ नेकपाका तीन केन्द्रीय नेता काठमाडौंबाट पक्राउ

काठमाडौं – काठमाडौंको बत्तीसपुतलीबाट महानगरीय अपराध महाशाखाको टोलीले प्रतिबन्धित विप्लव समूहका तीन केन्द्रीय नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केही दिनअघि मात्रै केन्द्रीय सदस्यबाट हटाइएका डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकरध्वज गुरुङ र महिला नेतृ उमा गुरुङ छन् ।

पार्टीको रणनीति बनाउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले बताए । सरकारले फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि सात सय बढी नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् । प्रहरीले विप्लव समूहका नेता–कार्यकर्ता खोज्न ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु