विप्लव नेकपाका रामेछाप इन्चार्ज ढुङ्गेल धुलिखेलबाट पक्राउ

विप्लव नेकपाका रामेछाप इन्चार्ज ढुङ्गेल धुलिखेलबाट पक्राउ

काठमाडौं – प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहको रामेछाप इन्चार्ज यादव ढुङ्गेललाई काभ्रेपलाञ्चोकको धुलिखेलबाट पक्राउ गरेको छ । प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार ढुङ्गेललाई आइतबार राति पक्राउ गरिएको हो । ढुङ्गेलमाथि काभ्रेपलाञ्चोकको भुम्लुस्थित एनसेल टावरमा आगजनी गरेको आरोप छ ।

यसैबीच सोही समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्यद्वय सुन्दर रायमाझी र अनिल रायमाझीलाई पनि प्रहरीले शुक्रबार राति पनौती नगरपालिका–४ बाट पक्राउ गरेको छ । प्रहरीका अनुसार पनौतीमा विस्फोटक पदार्थ राखी आतङ्कित पारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु