उपप्रधानमन्त्री पोखरेलद्वारा बौद्ध सिमलटार रामनगरस्थित लाखेपोखरी लोकतान्त्रिक पार्कको उद्घाटन

उपप्रधानमन्त्री पोखरेलद्वारा बौद्ध सिमलटार रामनगरस्थित लाखेपोखरी लोकतान्त्रिक पार्कको उद्घाटन

काठमाडौँ– उपप्रधान तथा रक्षामन्त्री इ्रश्वर पोखरेलले सार्वजनिक जग्गा जमिन तथा सम्पत्तिको हिनामिना तथा दुरुपयोग गर्नेहरु सामाजिक अपराधि भएको बताए । काठमाडौ महानगरपालिका बौद्ध सिमलटार रामनगरस्थित लाखेपोखरी लोकतान्त्रिक पार्कको शुभारम्भ गदै उपप्रधानमन्त्री इश्वर पोखरेलले सार्वजनिक सम्पत्तिको हडप्ने तथा ओगट्ने जो सुकैलाई पनि कारवाही हुने बताएका हुन् ।

उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने स्थानीयवासी तथा पार्क निर्माण समितिले पार्कलाई ब्यवस्थित रुपमा अधि बढाउन सक्नु पर्ने बताउदै सार्वजनिक सम्पत्तिको रक्षा गर्न सवै पक्षको जिम्मेवारी रहेको बताए ।

लाखेपोखरीको नाममा परिचित त्यस क्षेत्रका सार्वजनिक जग्गा केही समूह तथा ब्यक्तिले कब्जा गरी हडप्ने प्रयास गरेको अवस्थामा सो क्षेत्रका स्थानीयवासी तथा युवाहरुको पहलमा करीव १५ रोपनी भन्दा बढी क्षेत्रफलमा रहेको जग्गा हाल लोखेपोखरी पार्कका रुपान्त्ररण भएको छ । सो पार्कलाई बालक देखि बृद्ध सम्म सवैको लागि उपयोगी बनाउने लाखेपोखरी पार्क निर्माण समितिले तयारी गरेको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले पार्कको उद्धघाटन पश्चात पार्कको हाताभित्र बृक्षारोपण गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभाका सासद कृष्ण राईले स्थानीयवासीको प्रयास र पहलमा निर्माण भएको यस पार्कलाई स्नाथीयवासीहरुको सकृयतामा संरक्षण हुनु पर्ने बताए । उनले पार्कको भौतिक संरचनाको लागि सरकारले सहयोग गर्नु पर्ने बताए ।

प्रदेश सभाका सांसद रामेश्वर फुंयाँलले पार्क निर्माणको लागि स्थानीयवासीले निर्वाह गरेको भूमिकाको प्रशंसा गदै स्थानीय तहमा निर्माण भएको पार्कको विकासलाई सवैको सहयोग आवश्यक भएको बताए । लाखेपोखरी लोकतान्त्रिक पार्कका संस्थापक अध्यक्ष तथा कामनपा वडा नं ६ का सदस्य नरेन्द्रकुमार थापा (भगवान)ले सार्वजनिक जग्गा हडप्ने प्रबृत्ति बढेको अवस्थामा भूमाफियाको कब्जाबाट खोसेर पार्क निर्माण गर्न सफल भएको बताए ।

पार्क निर्माण समितिका अध्यक्ष ज्योति लामाले लाखेपोखरी पार्कलाई यस क्षेत्रको नमूना पार्कको रुपका विकास गर्न लागेको हुदाँ सरकार तथा सवै पक्षको सहयोग र सहकार्य आवश्यक भएको बताए । अध्यक्ष लामाले पार्क निर्माणले यस क्षेत्रको गरिमा बढेको हुदाँ स्थानीय सर्वैको सहयोग आवश्यक भएको बताए ।

र्वौद्धनाय क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बसन्त लामाले पार्कको आवश्यक पुर्वाधारको विकासको लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । पार्क निर्माण समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्रीराम चालिसेले लाखेपोखरी पार्क निर्माणमा स्थानीयवासी तथा स्थानीय संघसस्थाहरुको सकृयताको कारण पार्क निर्माण गर्न सफल भएको हुदाँ पार्कको संरक्षणमा पनि सवैको सहयोगको अपिल गरे ।

वडा सदस्य लक्ष्मी श्रेष्ठले स्थानीय तहमा निर्माण भएको पार्कले यस क्षेत्रको महिला बालबालिका तथा जेष्ठ नागरिक सर्वैलाई उपयोगी हुने बताईन् । बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु भट्राईले पार्क निर्माणलाई संरक्षण गर्न स्थाीय तह र स्थानीयवासीको महत्वपुर्ण भूमिका हुने बताए । पार्क निर्माण समितिका सचिव खेमप्रसाद खतिवडाले पार्क निर्माणको लागि सवैको भूमिका रहेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा चारघरे महाँकालथान एकता समाज र सेतो गुम्वा र्बौद्धले बृक्षारोपणको लागि आवश्यक बिभिन्न जातका बिरुवाहरुको ब्यवस्थापन गरेको थियो ।

 

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु