जोरपाटी–साँखु सडक विस्तारले पीडित बनेकाहरु क्षतिपूर्ति लिन आएनन्

जोरपाटी–साँखु सडक विस्तारले पीडित बनेकाहरु क्षतिपूर्ति लिन आएनन्

काठमाडौं– जोरपाटी–साँखु सडकविस्तारका क्रममा भत्काइएका घरको क्षतिपूर्ति लिन पीडितहरु नआउँदा १७ करोड रुपैयाँ फिर्ता भएको छ । सडक विस्तार गर्ने क्रममा भत्काइएका घरको क्षतिपूर्ति लिनका लागि सूचना जारी गरेपनि कसैको निवेदन नपरेपछि १७ करोड रुपैयाँ सरकारलाई फिर्ता गरेकोे उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले गत असार २८ गते सूचना जारी गर्दै वास्तविक पीडितले ३ दिनभित्र प्राधिकरणमा क्षतिपूर्तिका लागि निवेदन दिन आग्रह गरेको थियो । सरकारले क्षतिपूर्तिका लागि छुट्याएको उक्त रकम लिन पीडितहरु नआएको प्राधिकरणले जनाएको छ ।

निवेदन दिनेहरु पनि रकम भुक्तानीका लागि प्राधिकरणमा नआउँदा उक्त रकम फ्रिज भएको प्राधिकरणको भनाइ छ ।

पीडितहरु रकम बुझ्न नआएपछि उक्त रकम सरकारलाई फिर्ता गरेको प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले खबरहबलाई जानकारी दिए ।उनका अनुसार आर्थिक वर्ष २०७५/७६ मा क्षतिपूर्तिका निम्ती ३२ करोड रुपैयाँ छुट्याइएको थियो । त्यसमध्ये १५ करोड रुपैयाँ भने पीडितले लिइसकेका छन् ।

‘क्षतिपूर्तिका लागि प्राधिकरणले सरकारलाई १५ करोड नै मागेको थियो’ तिवारीले भने, ‘ तर सरकारले ३२ करोड छुट्यायो । पीडितहरु रकम बुझ्न नआएपछि सरकरलाई फिर्ता गर्नुपर्ने अवस्था आयो ।’

आँशिक रुपमा घर भत्काइएकाहरुले प्राधिकरण कार्यालयमा गएर घरको विवरणसहित निवेदन दिनुपर्ने हुन्छ । उक्त निवेदन जिल्ला प्रशासन कार्यालयमा पठाउने र प्रशासनबाट घरको मूल्याङकन भएपछि प्राधिकरणले त्यही आधारमा क्षतिपूर्ति दिने गर्छ ।

प्राधिकरणले नयाँ मार्बल प्रयोग गरेका घरलाई प्रति स्क्वायर फिट २८ सय रुपैयाँ उपलब्ध गराउँछ । सामान्य घरलाई प्रतिस्क्वाएर फिट २४ सय रुपैयाँ दिने गरेको छ । धेरै पुराना घरलाई भने अवस्था हेरेर क्षतिपूर्ति दिने गरेको तिरावीले जानकारी दिए ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु