जोरपाटी–सुन्दरी जल सडकको अबरोध हटाउन सांसद कृष्ण राईद्वारा पहल शुरु

जोरपाटी–सुन्दरी जल सडकको अबरोध हटाउन सांसद कृष्ण राईद्वारा पहल शुरु

काठमाडौं– जोरपाटी-सुन्दरी जल सडक हिलोका कारण निकै जिर्ण र बेहाल बने संगै आन्दोलित बनेका स्थानीयवासीहरुले गरेको अबरोध हटाउने र सडकको अवस्था सुधारका लागि सांसद कृष्ण राईले पहल शुरु गरेका छन।

लामो समय देखि निर्माणमा कुनै प्रगति नभएको सो सडकको अवस्था सुधार र स्थानीयको सहजताका लागि सांसद राईको पहलमा सरोकारवाला, सरकारी निकाय र निर्वाचित प्रतिनिधिको सहभागितामा बैठक बसेर विभिन्न निर्णय गर्दै सडक तत्काल मर्मत गर्ने सहमति गरिएको छ ।

सो सडक आयोजनका प्रमुख अर्जुन प्रसाद अर्यालको अध्यक्षतामा बसेको सो बैठकमा उप–सचिव बिष्णु प्रसाद खरेल, इन्जिनियर अशोक कुमार श्रेष्ठ, इन्जिनियर नेत्र प्रसाद देवकोटा, अधिकृत भवानी शंखर घिमिरे र प्रहरी नायव निरीक्षक जीवन्त पौडेलको उपस्थिति रहेको थियो भने उक्त अवसरमा प्रदेस सभा सदस्य रामेश्वर फुयाल ,गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, लगायत स्थानीयहरुको पनि सहभागिता रहेको थियो।

सो अवसरमा प्रतिनिधि सभा सदस्य राईले कुनै पनि हालतमा यथासिघ्र सो सडक को मर्मत तथा सुधार गरेर सवारी आवागमन सहज बनाउदै तत्काल निर्माण सम्पन्न गर्नका लागि आग्रह गरेका थिए ।

बैठकले जोरपाटी–सुन्दरी जल सडकमा रहेका सार्वजनिक र प्रति जग्गाहरि खाली गराउन सुचना जारी गर्ने तथा सडक को सब–बेस बाट नै निर्माण शुरु गरेर साइड ड्रेन बनाएर सहज यातायातको व्यवस्था गर्न आजकै दिन बाट काम शुरु गर्ने निर्णय गरिएको छ ।

 

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु