लोकसेवाको विज्ञापन समावेशी नभएको भन्दै प्रधानमन्त्री र सामान्य प्रशासन मन्त्रीको पुत्ला दहन

लोकसेवाको विज्ञापन समावेशी नभएको भन्दै प्रधानमन्त्री र सामान्य प्रशासन मन्त्रीको पुत्ला दहन

काठमाडौं– स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले लिएको परीक्षाविरुद्ध आरक्षण बचाउ आन्दोलनले विरोध प्रदर्शन गरेको छ ।

सहिद गेटबाट सुरु भएको प्रदर्शनमा संलग्नहरुले प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितको पुत्ला जनाएका छन् । लोकसेवाले स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै विज्ञापन निकालेको थियो ।

लोकसेवाले निकालेको विज्ञापन समावेशी नभएको भन्दै जनजाति, मधेसीलगायतले विरोध गरेका छन् । सर्वोच्चमा मुद्दासमेत परेको थियो तर परीक्षा रोक्न अन्तरिम आदेश नदिएपछि केहीको शुक्रबार परीक्षा सम्पन्न भएको छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु