गोकर्णेश्वरको बजेट एक अर्ब ४४ करोड, ९० वर्ष माथिका वृद्धवृद्धालाई विशेष भत्ता दिईने

गोकर्णेश्वरको बजेट एक अर्ब ४४ करोड, ९० वर्ष माथिका वृद्धवृद्धालाई विशेष भत्ता दिईने

काठमाडौँ– गोकर्णेश्वर नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु एक अर्ब ४४ करोडको बजेट पारित गरेको छ । नगरसभाको बुधबारको बैठकले पूर्वाधार विकास एवं पर्यटनलाई प्राथमिकता दिइएको बजेट पारित गरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले राससलाई जानकारी दिए ।

नगरपालिका–३ स्थित प्रसिद्ध पर्यटकीयस्थल तारेभीरमा महादेव र बुद्धको ठूलो मूर्ति स्थापना गरी पर्यटक आकर्षित गरिने भएको छ । नगरपालिकाका सबै वडामा खानेपानीको समस्या रहेकाले समाधानका लागि वृहत् खानेपानी योजना निर्माणका लागि पनि बजेट छुट्याइएको छ ।

वाग्द्वारबाट झर्ने वाग्मतीको पानी सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइने भाग नगरपालिकामै पर्ने भए पनि अधिकांश भागमा खानेपानीको समस्या छ । ९० वर्ष माथिका वृद्धवृद्धालाई नगरपालिकाले विशेष भत्ता दिने भएको छ ।

नगरपालिका––५ स्थित नारायणटार पुलबाट वडा नं–४ स्थित भगवती स्थानको वाग्मती नदीमा बाँध निर्माण गरी पर्यटक आकर्षित गर्न स्टिमर चलाउन दुई करोड रुपैयाँ बजेट विनियोजन भएको पनि प्रवक्ता ढुङ्गानाले बताए ।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित धार्मिकस्थलका रुपमा विकास गर्न खाली जग्गामा बगैँचा निर्माण गर्ने योजना पनि नगरपालिकाले अघि सारेको छ । मन्दिरमा सुनको जलपसहितको धातुको छाना छाउने कामलाई पनि निरन्तरता दिने पनि बजेटमा उल्लेख छ ।

पहिलो प्रामाणिक राजा मानदेवले बसाएको ऐतिहासिक बस्ती गोकर्ण देशेमा नेपाली वास्तु कला झल्कने पुरानो शैलीका घर निर्माणका लागि प्रोत्साहन गर्न एक करोड रुपैयाँ विनियोजन गरिएको छ । नगर प्रमुख सन्तोष चालिसेले प्रस्तुत गरेकव बजेट नगरसभामा छलफलपछि पारित भएको हो ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: