‘कबीर सिंह’ले दर्शकको मन जित्यो, कमाई कति ?

‘कबीर सिंह’ले दर्शकको मन जित्यो, कमाई कति ?

एजेन्सी– बलिउड अभिनेता शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ ले दर्शकको मन जितेको छ । तर, केही दर्शकले भने यो फिल्मलाई वाहियात फिल्म पनि भनिरहेका छन् । केहीले फिल्ममा राखिएका संवादलाई लिएर समेत नकारात्मक टिप्पणी गरिरहेका छन् ।

यो फिल्म हेरेका दर्शकमध्ये धेरैले शाहिद कपूरको अभिनयले मन जितेको प्रतिक्रिया दिएका छन् ।

गएको शुक्रवार रिलिज भएको यो फिल्मले बक्स अफिसमा कमालको व्यापार गरिरहेको छ । फिल्मले शुक्रवार २० करोड २१ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यस्तै फिल्मले शनिवार पनि झण्डै २२ करोड ७१ लाख कलेक्सन गरेको छ ।

आइतवार फिल्मले त्योभन्दा पनि बढी व्यापार गरेको छ । आइतवार यो फिल्मले झण्डै २७ करोड ९१ करोड बराबरको व्यापार गरेको छ । सोमवार पनि फिल्मले राम्रो व्यापार गरेको छ । सोमवार मात्र फिल्मले १७ करोड ५४ लाख बराबरको कमाइ गरेको हो ।

यो फिल्मले चार दिनमा ८८ करोड ३७ लाख बराबरको व्यापार गरेको छ ।

यो फिल्म २ सय करोड क्बलमा सामेल हुने आँकलन गरिएको छ । यो फिल्म दक्षिण भारतीय फिल्म ‘अर्जुन रेड्डी’ को रिमेक भर्सन हो ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: