सर्लाहीमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान, जिल्ला इञ्चार्जको मृत्यु

सर्लाहीमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान, जिल्ला इञ्चार्जको मृत्यु

काठमाडौँ — सर्लाहीको लालबन्दीमा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलका अनुसार लालबन्दीबाट लखनदेही जंगलहुँदै सिन्धुलीतर्फ दुईवटा मोटरसाइलमा सवार भएर गइरहेका ४ जनालाई प्रहरी रोक्न खोज्दा झडप भएको हो। उनीहरुले प्रहरी माथि गोली चलाउन थालेपछि प्रहरीले पनि जवाफी कारवाही गरेको उनले दाबी गरे।

उनको अनुसार मृतक कुमार पौडेलका साथबाट सिक्सर रिवल्भर भेटिएको छ भने ३ जना ज‌ंगलतर्फ भागेका छन्।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: