जनताको लगानीले आर्थिक बिकासमा ठुलो टेवा पुग्ने : सांसद राई

जनताको लगानीले आर्थिक बिकासमा ठुलो टेवा पुग्ने  : सांसद राई

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एव्म नेकपा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईले जनताको लगानीले आर्थिक बिकासमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

शनिवार गागलफेदी यातायात प्रालीले संचालनमा ल्याएको गागलफेदी यातायात प्रालीको उद्घाटन गर्दै सांसद राईले जनताको लगानीले आर्थिक बिकासमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले लोकतन्त्रमा जनताको सहयोग विना सामाजिक, आर्थिक परिवर्तन गर्न असम्भव रहेको भन्दै जनताकै साथ र सहयोगमा सरकार अगाडी बढ्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष राईले स्थानियहरु को पहल कदमीमा ल्याएको यातायात, प्रालिमा भन्दा पनि पब्लिक लिमिटेड मार्फत संचालन गर्न समेत आग्रह गरे। पब्लिक लि। मार्फत संचालन गर्दा आर्थिक पारदर्शिता हुने र थप पुँजी निर्माण का लागि सहज हुने उनको भनाई थियो।
नेकपाका केन्द्रीय सदस्य समेत रहेका राईले गागलफेदी यातायातको उत्घाटन गरेका हुन ।


गागलफेदी यातायात प्रा लि ले कागेश्वरी नगरपालिका वडा १ गागल फेदी देखि रत्नपार्कसम्मको यातायात सुबिधा दिने भएको हो । प्रालीले अहिले ४ वटा बस संचालनमा ल्याएको छ ।
गागलफेदी यातायात प्रा लि ले महिला को लागि १०,पत्रकार को लागि १ र अशक्तका लागि ४ आरक्षण सिट सहितको बससेवा सुचारु गरेको हो ।

उत्घाटन कार्यक्रमको सभापति गागलफेदी यातायात प्रा लि का अध्यक्ष मधु सुदन केसी ले गरेका थिए। कार्यक्रममा कागेश्वरी मनोहर १ का वडा अध्यक्ष मुकुन्द गजुरेल, काठमाडौँ जिल्ला समन्वयन समिति सदस्य उद्धव भण्डारी, संचालक सदस्यहरु र स्थानीयहरूको उपस्थिति रहेको थियो

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु