लागुऔषध कारोबारी ‘डिके’माथि प्रहरीले चलायो गोली

लागुऔषध कारोबारी ‘डिके’माथि प्रहरीले चलायो गोली

काठमाडौं – लागुऔषध कारोबारी नियन्त्रणमा लिन पोखरामा प्रहरीले गोली चलाएको छ।

पोखरा महानगरपालिका–१० को उत्तम चोकमा गोली हानेर प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो।

‘डिके’ भनिने ३० वर्षीय गोविन्द थापालाई गोली हानी नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। थापाको बायाँ खुट्टामा गोली लागेको छ।

लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा गएको प्रहरीमाथि नै आक्रमण प्रयास भएपछि गोली हानेर पक्राउ गरिएको कार्कीले बताए। गोली चलाएपछि केही कारोबारीहरू भागेको प्रहरीले जनाएको छ। थापा समूहको खोजीमा प्रहरी जुटेको छ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु