अखिल नेपाल निर्माण मजदुर संघ प्रदेश १ को कमिटिमा नयाँ नेतृत्व

अखिल नेपाल निर्माण मजदुर संघ प्रदेश १ को कमिटिमा नयाँ नेतृत्व

ईटहरी – अखिल नेपाल निर्माण मजदुर संघ प्रदेश १ कमिटिको बिस्तारित बैठक सम्पन्न भएको छ ।

आज बसेको कमिटिको बैठकले प्रदेश कमिटिको नेतृत्व ईलियस अन्सारीलाई हस्तान्तरण गरेको छ । अन्सारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ पदाधिकारी तथा कार्यसमिति सदस्यहरु रहने गरि जिम्मेवारी दिईएको हो । प्रदेश अध्यक्ष राजेन्द्र रुम्बाबाट सर्बसम्मत भई केन्द्रीय उपाध्यक्ष समेत रहेका ईलियस अन्सारीलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो ।

अखिल नेपाल निर्माण मजदुर संघ,अखिल नेपाल ट्रेड युनियन महासंघ आबद्ध संघ हो । अखिल नेपाल निर्माण मजदुर संघका अध्यक्ष राजेन्द्र रुम्बाको अध्यक्षतामा बसेको बैठकमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय उपमहासचिव तथा निर्माण परिषद ईन्चार्ज राज कुमार लामाको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै विशेष अतिथिमा अखिल नेपाल निर्माण मजदुर संघ केन्द्रीय अध्यक्ष अमित लामा,अन्टुफ प्रदेश नं. १ का अध्यक्ष टीका प्रसाई, उपाध्यक्ष राजन काफ्ले, अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय उपाध्यक्ष ईलियस अन्सारी र केन्द्रीय सचिव तथा महिला बिभाग प्रमुख बिष्णु माया श्रेष्ठको आथित्यता रहेको थियो ।


त्यस्तै महिला बिभाग प्रमुख बिष्णु श्रेष्ठको उपस्थितिमा प्रदेश १ महिला कमिटीको अध्यक्षमा मिना लुइटेललाई अध्यक्षको जिम्मेवारी सहित बाँकी सदस्यहरु पछि थप्ने गरि १७ सदस्यीय समिती गठन गरि १ नं प्रदेश भरी रहेका १४ वटै जिल्लामा १ महिने कार्ययोजना अनुसारको जिम्मेवारी बाँडफाँड गरि बैठक समापन गरिएको छ ।

नवगठित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई उपस्थित अतिथिगणहरुले बधाई तथा कार्यकाल सफलताको सुभकामनाव्यक्त गरेका छन् ।

नयाँ कार्यसमिति पदाधिकारी तथा कार्यसमिति सदस्यहरु
अध्यक्ष – ईलियस अन्सारी
उपाध्यक्ष – बिष्णु लिम्बु
उपाध्यक्ष – पर्शुराम चौधरी
उपाध्यक्ष – मिना लुईटेल
सचिव – महम्मद जहाँगिर
सहसचिव – झमक बानियाँ ( सुनसरी
सहसचिव – भवकृष्ण तामाङ
कोषाध्यक्ष – भिम वहादुर श्रेष्ठ
सदस्य – राधिका बस्नेत
सदस्य – ईन्द्र लिम्बु
सदस्य –  गणेश राई
सदस्य – श्रीपसाद लिम्बू
सदस्य – शम्बु हेम्ब्रम
सदस्य – राजदेवी दास ताट्मा
सदस्य – लक्षमण बिक
सदस्य – रमेश मण्डल
सदस्य – सुर्य कुमार कटुवाल
सदस्य – गणेश बहादुर श्रेष्ठ
सदस्य – हरिलाम मण्डल
सदस्य – आस्ताफ आलम
सदस्य ( पछि थप्ने गरि

महिला कमिटीका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुस्
अध्यक्ष – मिना लुइटेल
उपाध्यक्ष – राधिका बस्नेत
सचिव – कोपिला खुलाल
सहसचिव – मिना जोशी
कोषाध्यक्ष – कोपिला लिम्बू
सदस्य – मैयाँ लिम्बू
सदस्य – दीक्षा खत्री
सदस्य – स्याम कुमारी चौधरी
सदस्य – अमिशा चौधरी
सदस्य – सुशिला कामत
सदस्य – मंगलदेवी मुखिया
सदस्य – सरिता शर्मा
सदस्य – सबिता पाण्डे
सदस्य – अलिशा खत्री
सदस्य
सदस्य
सदस्य

बाँकी सदस्य पहिलो बैठकले थप्ने छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु