महिला विश्वकप फुटबलः थाइल्याण्डको पोस्टमा अमेरिकाको १३ गोलको बर्षा

महिला विश्वकप फुटबलः थाइल्याण्डको पोस्टमा अमेरिकाको १३ गोलको बर्षा

काठमाडौं – फ्रान्समा जारी महिला विश्वकप फुटबलमा अमेरिकाले १३–० को विशाल जित निकालेको छ ।

गएराति भएको खेलमा थाइल्याण्डमाथि १३ गोल बर्षाउँदै अमेरिकाले महिला विश्वकपको इतिहासमै अहिलेसम्मको फराकिलो जित दर्ता गरेको हो ।

अमेरिकालाई कीर्तीमानी जित दिलाउन अलेक्स मोर्गन एक्लैले ५ गोल गरिन् । महिला विश्वकप फुटबलमा यसअघिको सबैभन्दा फराकिलो जित ११–० को थियो ।

सन् २००७ को विश्वकपमा जर्मनीले अर्जेन्टिनाविरुद्ध ११ गोल गर्दै कीर्तिमान राखेको थियो ।

गएराति भएका अन्य खेलमा नेदरल्याण्ड्सले न्यूजिल्याण्डलाई १–० ले हराउँदा स्विडेनले चिलीमाथि २–० को जित निकाल्यो ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु