हाम्रा माननीयज्यूहरुलाई ६ करोडले पुगेन,अब ल्यापटप चाहियो : नेता खतिवडा

हाम्रा माननीयज्यूहरुलाई ६ करोडले पुगेन,अब ल्यापटप चाहियो : नेता खतिवडा

काठमाडौं  – नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सांसदलाई ल्यापटप बाँड्ने योजनाको विरोध गरेका छन् ।
संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदलाई एक–एक थान ल्यापटप दिनका लागि प्रक्रिया अघि बढाइरहेको समयमा नेता खतिवडाले असन्तुष्टि जनाएका छन् । सांसदहरुलाई ल्यापटप वितरण गर्नका लागि राज्यकोषबाट करिब साढे तीन करोड रुपैयाँ खर्च गरिँदैछ ।

उनले ट्वीट गर्दै लेखेका छन्, ‘हाम्रा माननीयज्यूहरुलाई ६ करोडले पुगेन, अब ३३४ ल्यापटप । अनि एक घर एक पजेरो, घरमा एक सहयोगी र सिंहदरवारमा दिउँसो एक आराम कक्ष थकान मार्न सरकारले व्यवस्थापन गरोस्, देशमा समृद्धि आउनेछ, गरिबी अन्त्य हुनेछ । अनि गाउँगाउँमा जनता सम्पन्न हुनेछन् ।’

कांग्रेस नेता खतिवडा ओखलढुंगाबाट पराजित भएका थिए । उनलाई वाम गठबन्धनका यज्ञराज सुनुवारले ५ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए ।

ट्वीटरमा सर्वसाधारणले पनि सांसदलाई ल्यापटप उपलब्ध गराउन राज्यकोषको रकम खर्च गर्न लागिएकोमा असन्तुष्टि जनाएका छन् ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु