आयुष केसीलाई विद्यालयले गर्यो नगदसहित सम्मान

आयुष केसीलाई विद्यालयले गर्यो नगदसहित सम्मान

भक्तपुर– भारतीय टेलिभिजन जी टिभीको रियालिटी सो सारेगमपमा चौथो स्थान प्राप्त गरेका आयुष के.सी लाई सम्मान गरिएको छ । के.सी अध्ययनरत रहेको मोर्डन स्कुलले मंगलबार एक कार्यक्रमका बीच उनलाई एक लाख रुपैयाँ नगद सहित सम्मान गरेको हो ।

सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा सहभागी केसी र प्रितम आचार्य फाइनलमा पुगेका थिए । जसमा आचार्यले तेस्रो र केसीले चौथो स्थान बनाउन सफल भएका हुन् । प्रितम दुबैले सारेगममा आफ्नो र देशको नाम राख्न सफल भए । सानैबाट गीत सङ्गीतमा रुची राख्ने उनिहरु नै बिजेता बन्ने धेरैको अड्कल गरेका थिए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा, विद्यालयका प्रचार्य अनिल कसपाल, सूर्यविनायक नगरपालिका वडा न. ४ वडाअध्यक्ष उत्तम थापा लगायतले उनलाई सम्मान गरेका हुन् ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु