हुवावेको नयाँ फोनमा फेसबुक, ह्वाट्सएप र इस्टाग्राम एप नहुने

हुवावेको नयाँ फोनमा फेसबुक, ह्वाट्सएप र इस्टाग्राम एप नहुने

एजेन्सी– हुवावेका नयाँ स्मार्टफोनमा फेसबुक, ह्वाट्सएप, इस्टाग्राम एप प्रतिबन्धित हुने भएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोएटर्सका अनुसार फेसबुकले आफ्ना एप अब बन्ने हुवावेका नयाँ फोनमा ‘प्रि–इन्स्टल’ व्यवस्था हटाउने भएको हो।

कम्पनीका भगिनीसंस्थाका रूपमा परिचित ह्वाट्सएप र इन्स्टाग्रामका एपमा पनि लागू हुनेछ। गत मे महिनामा अमेरिकाले आफ्ना देशका कम्पनीहरूलाई सुरक्षा जोखिम रहन सक्ने बताउँदै विदेशी दूरसञ्चार प्रदायकहरूसँग सहकार्य नगर्न निर्देशन दिएको थियो।

यसअघि हुवावेले अब बनाउने फोनमा गुगलका प्लेस्टोर, जिमेल, गुगल म्याप र युट्युब एपहरू राख्न नपाउने भएको थियो। अमेरिका र चीनबीच जारी व्यापार युद्ध र पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूले कारोबार गर्न नपाउने विदेशी कम्पनीको सूचीमा हुवावेलाई राखेको थियो।

हाल हुवावे मोबाइलका प्रयोगकर्तामा कुनै पनि द्वविधा नराख्न हुवावेले आग्रह गरिसकेको छ। कम्पनीले बारम्बर हालका प्रयोगकर्तालाई अहिलेको प्रतिबन्धले असर नगर्ने कम्पनीले प्रष्ट पारेको छ।

हालका मोबाइल प्रयोगकर्ताका लागि आगामी दिनमा आवश्यक अपडेट जारी रहने उसले प्रष्ट पारेको छ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु