दुई हजार घुससहित चावहिल मालपोतका सुब्बा पक्राउ

दुई हजार घुससहित चावहिल मालपोतका सुब्बा पक्राउ

काठमाडौँ– मालपोत कार्यालय चावहिलका नायव सुब्बा चन्द्रबहादुर श्रेष्ठ घुस रकमसहित पक्राउ परेका छन् ।

श्रेष्ठले सेवाग्राहीको गोकर्णेश्वर नगरपालिकाका–४ मा रहेको १५ आना दुई दाम जग्गा अन्य व्यक्तिको नाममा जग्गाधनी प्रमाणपूर्जा रहेको र सो मुद्दा सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको मुद्दामा विवादित जग्गाको मिसिलको प्रमाणित प्रतिलिपी लिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरेका थिए ।

सेवाग्राहीसँग पटक पटक रकम माग भएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले उनलाई दुई हजार घुस रकमसहित कार्यालय नजिकैबाट बिहीबार पक्राउ गरेको हो।

पक्राउ परेका श्रेष्ठलाई हिरासतमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको अख्तियारले जनाएको छ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु