विद्युत ट्रान्सफरमरमा अल्झेर कागेश्वरीमा चितुवाको मृत्यु

विद्युत ट्रान्सफरमरमा अल्झेर कागेश्वरीमा चितुवाको मृत्यु

काठमाडौं– काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नं.१ स्थित गागलफेदीमा विद्युत ट्रान्सफरमरमा अल्झेर एक पोथी चितुवाको मृत्यु भएको छ । चितुवाको मरेको अवस्थामा भेटिएको हो ।

बिजुलीको ट्रान्सफरमरको करेन्टले बिग क्याट प्रजातिको जनावर मृत्यु भएको घटना नेपालको लागि एकदमै नौलो रहेको जिल्ला वन कार्यालय काठमाडौंले जनाएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले लोपोन्मुख जनावरको सूचीमा राखेको चितुवा होचो ठाउँमा ट्रान्सफरमर राखिएका कारण दुर्घटनामा परेको संरक्षण अधिकारीहरुले बताएका छन् । शिवपुरी राष्ट्रिय निकुञ्जबाट निस्केको चितुवा गागलफेदीका ईश्वरी महिला र कल्पवृक्ष सामुदायिक वनमा आइपुगेको अनुमान संरक्षणकर्मीले गरेका छन् ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु