बूनपा र टोखा नगरपालिकाका जनप्रतीनिधिले भेटे मुख्य मन्त्रि,स्थानिय विकास निमार्ण र समस्याका खोले पोका

बूनपा र टोखा नगरपालिकाका जनप्रतीनिधिले भेटे मुख्य मन्त्रि,स्थानिय विकास निमार्ण र समस्याका खोले पोका

काठमाडौं – बूढानिलकण्ठ र टोखा नगरपालिकाका जनप्रतीनिधिले प्रदेश न्म्बर ३ का मुख्य मन्त्रि डोरमणी पौडेल सँग भेट वार्ता गरेका छन् ।

टोखा नगरपालिका वडा २,३,४, ५ ,६,७ र बूढानिलकण्ठ नगरपालिका ४,५,६ का वडा अध्यक्षहरु सहितको टोलिले गत शुक्रवार मुख्य मन्त्रीको कार्यकक्षमा पुगी भेट वार्ता गरेका हुन । काठमाडौं क्षेत्र न ५ का प्रदेश सांसद दीपक निरौलाको संयोजक्त्वमा
गएको टोलीले भेट वार्ता गरेका हुन ।


भेटवार्ताका क्रममा टोखा नगरपालिकाको तर्फ बाट वडा २ काअध्यक्ष दीपक राज जोशीले नगरपालिकाको एेतिहासिकताका बारे जानकारी गराउँदै नगरपालिका भित्र भईरहेका पुर्वाधार बिकास निर्माण र खानेपानी लगायत अन्य समस्याका बारे मुख्य मन्त्री माझ जानकारी गराएका थिए । साथै उनले एतिहासिक टोखा नगरी भ्रमणका लागी समेत मुख्य मन्त्री पौडेललाई आग्रह गरे ।

सोही भेटवार्ताकै क्रममा बूढानिलकण्ठ नगरपालिकाको तर्फ बाट वडा ६ का अध्यक्ष नबिन केसीले समृद्ध नगरपालिका र वडा निर्माणका निमित्त प्रदेश सरकारले समेतयोजना तर्जुमा गरिदिएमा सुनमा सुगन्ध हुने बताए । उनले बूढानिलकण्ठ नगरपालिकाको भित्रका पुर्वाधार बिकासका लागि ल्याण्ड पुलिङ गरी व्यवस्थित बस्ती निर्माण गर्नु पर्ने सुाथै धार्मिक सम्पदा संरक्षणको गर्ने सवालमा मा प्रदेश सरकारले प्राथमिक्तामा राखी सहयोग गर्नु पर्ने धारणा राखे ।

राजधानिमा बढ्दो सवारी चापलाई कम गर्न बिष्णुमती कोरिडोरको कार्य तत्काल शुरु गर्न बूनपा वडा ४ का अध्यक्ष राजु खड्काले मुख्य मन्त्रीलाई ध्यानकर्षण गराएका थिए ।साथै बूनपा ५ का अध्यक्ष बिजय तामाङले पर्यटन पुर्वाधारका बिषय लगायत बूढानीलकण्ठ नगरपालिका वडा ३ र ५ मा निर्माण हुन गईरहेको ठुलो गाउँ चिसिनी पार्क निर्माणको बिषमा मुख्य मन्त्रिलाइ जानकारी गराए ,

जनताले प्रत्यक्ष परिवर्तनको अनुभुत गर्न सक्ने खालका योजनाहरुमा प्रदेश सरकारले पुर्ण रुपमा सहयोग गर्नुका साथै साना परियोजना भन्दा पनि उत्पादन मुलक , रोजगार मुलक योजनाहरु लेराउन मुख्य मन्त्रि डोरमणि पौडेलले स्थानिय तहका जनप्रतीनिधीलाई आग्रह गरे ।

भेटवार्ता पछि सांसद निरौलाले प्रदेश सरकार संग समेत श्रोतको कमि रहेको भन्दै स्थानिय तहल योजना तर्जुमा गर्दा, प्रदेश सरकार संग बजेट माग गर्दा उत्पादन मुलक सिप मुलक परियोजनाहरु निर्माण गर्नु पर्ने अहिलेको आवश्कता भएको औल्याए ।

उनल भने प्रदेशमा हुने योजना तर्जुमा लगायत बजेट निर्माणको प्रक्रियामा स्थानिय तहको भूमिका निक्कै नै महत्व पूर्ण हुने गर्दछ ।
स्थानिय तहबाट आएका कस्ता किसिमका परियोजनाहरुलाइ प्रदेश सरकारले प्राथमिकतामा राखेर सम्बोधन गर्छ भन्ने बिषयमा स्थानिय तहका जनप्रतीनिधिहरु माझ अन्योलता र प्रदेश सरकार बीच केहि दुरी देखिएकोले यस भेटवार्ताको प्रवन्ध गरिएको स्पस्ट पारे उनले भने मुख्य मन्त्री ज्यु सँगको भेटवार्ता र छलफलपछि त्यस्ता अन्योलता र दुरी केहि हद सम्म कम भएको महशुस गरेको छु । प्रदेश स्तरिय योजना निर्माण र बजेट मागका बिषय लगायत स्थानीय सरकारको कार्य सम्पादनमा प्रदेश सरकाले खेल्ने भूमिकाको बारे स्थानिय सरकारका जनप्रतीनिधिहरु प्रष्ट हुनु भएको बिश्वास मैले लिएको छु ।

त्यस्तै सांसद निरौला ,सीता लामा र वडा अध्यक्षहरु सहितको टोलीले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रि , उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि , कृषि मन्त्रि लगायत हेटौडा उप महानगरपालिकाको उप मेयर संग भेट वार्ता गरेका थिए ।साथै उप–महानगरपालिकाको विभिन्न स्थानहरुको भ्रमण समेत गरेका थिए ।

प्रदेश ३ को बजेट भाषण पुर्वार्द्धमा पूर्वाद्धमा गरिएको उक्त भेट वार्ताले स्थानिय तहको समस्या र चुनौतीहरुलाई प्रदेश सरकारले मनन गर्ने बिश्वास स्थानिय तहका जन प्रतीनिधीहरुले लिएका छन । फोटो बिकाश सिंह लामा

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु