आइतबार, मङि्सर २९, २०७६
GokarnaNews
OnlineKhabarHub

श्रमिकको लागी सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्ने सहमति सँगै ४४ दिनपछि खुल्यो चिया वगान

श्रमिकको लागी सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्ने सहमति सँगै ४४ दिनपछि खुल्यो चिया वगान

काठमाडौँ – ४४ दिन देखी आन्दोलनरत चिया मजदुरका माग पुरा गर्ने सहमति भएपछि आजबाट चिया वगान खुलेको छ ।
पूर्वी नेपालका चिया मजदूर र चिया उत्पादकबीच सरकारले तोकेको न्यूनतम् पारिश्रमिक लागू गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रय फिर्ता लिई मजदुर काममा पर्किएका छन् ।

चिया क्षेत्रमा आन्दोलनरत ट्रेड युनियनका प्रतिनिधि र नेपाल चिया उत्पादक सङ्घका प्रतिनिधिबीच हिजो भएको ३ बुँदे सहमतीमा चिया श्रमिकलाई न्यूनतम् पारिश्रमिक लगायत सरकारले तोकेको सेवासुविधा उपलब्ध गराउने सहमति भएको हो ।

चिया बगान तथा कारखानामा काम गर्ने श्रमिकलाई दैनिक आधारभूत तलब रु २३१, महँगी भत्ता रु १५४ र कारखानामा काम गर्ने, नाइके तथा चौकीदारको अतिरिक्त भत्ता रु ४२ प्रदान गर्ने गरी आन्दोलनरत मजदूर र चिया उत्पादकबीच सहमति भएको अखिल नेपाल ट्रेड युनियन महासङ्घको प्रदेश नं १ इन्चार्ज भूपाल सापकोटाले जानकारी दिए।
४४ दिन देखी आन्दोलन रत श्रमिकहरु आन्दोलनमा होमिदा चिया वगान ठप्प रहेको थियो ।

अखिल नेपाल चिया मजदुर संघ केन्द्रीय अध्यक्ष सिता सापकोटाका अनुसार नेपाल सरकारले तोकेको न्युनतम बेतन, श्रम ऐन र सामाजिक सुरक्षा कार्यान्वयन गर्ने पक्षमा चिया उत्पादन संघ तयार भएपछि आन्दोलनका कार्यक्रम सकिएको बताईन । उनले चैत १७ देखी कारखाना वन्द भएको जनाउदैं सरकारले तोकेको पारिश्रमिकमा उत्पादक  संघ तयार नहँदा आन्दोलनको गर्नु परेको जनाकरी दिईन । उनले भनिन् ‘सरकारले बनाएको निति नियमलाई अटेर गर्ने र श्रम शोषण गर्ने का विरुद्ध अखिल नेपाल चिया मजदुर संघ हमेसा लागि पर्ने छ । ‘
अध्यक्ष सापकोटाले ४४ दि सम्म उत्पादक संघले मजदुरलाई गलाउन चाहेपनि सम्पूर्ण मजदुर एक भएकै कारण आज मजदुरहरुको जित भएको बताईन ।

श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ मा भएका व्यवस्था चिया उत्पादक सङ्घमा आबद्ध सम्पूर्ण चिया बगान तथा कारखानामा कार्यान्वयन गर्ने, आजदेखी चिया बगान तथा कारखानामा नियमित रूपमा काम सञ्चालन गर्ने ३ बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा नेपाल चिया उत्पादक सङ्घका तर्फबाट वरिष्ठ सल्लाहकार छत्रबहादुर गिरी, चण्डीराज पराजुली र महासचिव शिवकुमार गुप्ता तथा आन्दोलनरत ट्रेड युनियनका तर्फबाट अखिल नेपाल चिया मजदूर सङ्घका अध्यक्ष सीता सापकोटा र नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका उपाध्यक्ष सहिकुमार राईलगायतले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु