बिहिबार, मङि्सर २६, २०७६
GokarnaNews
OnlineKhabarHub

२५६३ औं बुद्ध जयन्तीको अवसर पारेर तिनचुलीमा विविध कार्यक्रम हुँदै

२५६३ औं बुद्ध जयन्तीको अवसर पारेर तिनचुलीमा विविध कार्यक्रम हुँदै

काठमाडौं – २५६३ औं वुद्ध जयन्तीको अवसर पारेर तिनचुलीमा विविध कार्यक्रम हुने भएको छ । कामनपा ६ तिनचुली स्थिति स्थानियबासी, विभिन्न संघ– संस्थाका प्रतिनिधिहरु बिच भएको बैठकबाट विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने निर्णय भएको हो । बैठकले बुद्ध जयन्ती मुल समारोह समिति गठन गरी कार्यक्रमलाई प्रभावकारी रुपका अगाडी बढाउने निर्णय गरेको छ ।

बैठकले जेठ २ गते सरसफाई कार्यक्रम गर्ने,जेठ ३ गते तेस्रो अन्तर विद्यालय तथा खुला मिनि म्याराथुन प्रतियोगिता आयोजना गर्ने(५ किमि), र जेठ ४ अर्थात वुद्ध जयन्तीकै दिन दोस्रो अन्तर विद्यालय चित्रकला प्रतियोगिता कार्यक्रम गर्न लागिएको मुल आयोजक समारोह समिति सदस्य अजित लामाले जानकारी दिएका छन् ।

वुद्ध जयन्तीको दिन उग्रेन छोलिङ गुम्बाका प्रमुख लामा सुजित भज्यूको उपस्थितिमा शाक्य मनि बुद्ध(सिदार्थ गौतम बुद्ध) को साङ क्षेत्रगेन पुजा गरिने सदस्य लामाले बताए । सोहि दिन शान्ती ¥याली सहित तिनचुले चोक देखी बौद्ध स्तुपा परिक्रम गरी पुनः तिनचुलेमै ¥याली पु¥याएर विधि कार्यक्रम गर्न लागिएको उनको भनाई थियो ।

स्थानिय विभिन्न संस्थामा श्री तिनचुली तामाङ भज्यू गुठी, श्री तिनचुली तामाङ देविथान गुठी,राष्ट्रिय तामाङ एकता समाज,चारघरे तामाङ एकता समाज,तिनचुली यूवा क्लव ,भुवलडाँडा यूवा क्लव,भुवलडाँडा आमा समुह, इन्द्रेणी महिला समुह लगाएत निजि तथा सरकारी विद्यालयका प्रतिनिधिहरु बिचबाट एक मुल समारोह समिति गठन गरिएको छ । प्रकाश लामाको संयोजकत्वमा ३० सदस्यीय मुल आयोजक समारोह समित गठन भएको हो। जसमा सदस्यहरुमा सानु कान्छा लामा, ओम कुमार लामा, राज कुमार लामा, कृष्ण सिंदान, अजित लामा,ज्योती लामा लगाएतका सदस्यहरु रहेका छन् ।

तात्कालिन समयमा बौद्ध स्तुपा निर्माण गर्ने कालिगणहरुलाई खाना बनाउन प्रयोग गरिएको स्थान र पकाउने चुलो भएको ठाउँलाई हाल तिनचुली भनेर चिनिन्छ । जुन चुलो रुपी तिन ठुला ढङ्गान अहिले सम्म यथावत रुपमा देख्न पाईन्छ ।
शान्तीका दुत गौतम वुद्धको जन्म जयन्ती यहि जेठ ४ गते स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम मनाईदै छ ।

सम्बन्धित समाचारहरु

काठमाडौं– हुलाकी राजमार्ग अन्तर्गतको दुई पुलको निमार्ण समयमै नसकिएछि सडक विभाग अन्तर्गत हुलाकी राजमार्ग योजना कार्यलयले ठेक्का सम्झौता तोडेको छ। हुलाकी राजमार्ग अन्तर्गत भैरहवा लुम्बिनी सडक अन्तर्गतको लिनाउखोला पुल र सोही सडक खण्डको डोण्डा पुलको निमार्ण ठेक्का रद्द भएको हो।

यी दुबै पुल निमार्णको ठेक्का पप्पु/वास्ती जेभीले लिएको थियो। हुलाकी राजमार्ग योजना कार्यलय कपिलवस्तुले बुधबार सूचना निकाल्दै उक्त ठेक्का सम्झौता रद्द भएको जानकारी दिएको छ।

गत असार ३ गते सूचना निकाल्दै आयोजनाले निमार्ण कम्पनीलाई निमार्ण कार्य छिटो सक्न आदेश दिएको थियो। त्यस्तै भदौ ४ गते पुनः सूचना निकाल्दै काम ढिलो भएकोमा स्पस्टीकरण पनि मागेको थियो। त्यसपछि निमार्ण कम्पनीले कार्यसंसोधन गर्ने नयाँ कार्यतालिका बनाएर काम अघि बढायो। तर निमार्ण कम्पनीले गरेको काममा आस्वश्त हुन नसकेको भन्दै कार्यलयले कानून अनुरुपनै ठेक्का तोडेको बताएको छ।

सूचनामा एक हप्ता भित्र निमार्ण स्थल खालि गर्न समेत आयोजनाले निमार्ण कम्पनीलाई आदेश दिएको छ। आयोजनाले उक्त निमार्ण कम्पनीले गरेको कामको भुक्तानीका लागि मंसिर २९ देखि पुस ६ सम्म निरिक्षण टोलि पुग्ने सूचनामा उल्लेख छ ।

काठमाडौं उपत्यकाको तीनकुने र टेकुमा पप्पु कन्ट्रक्सनले निमार्ण गरिरहेको दुबै पुल भत्काइने भएको छ। गुणस्तर हिन काम भएको भन्दै पुल भत्काउन लागिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।

पप्पुसँग तोडियो दुईवटा पुलको ठेक्का

काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मङ्सिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुङ्गामा रोकिनेछन् ।

यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आबुखैरहनीमा रोकिनेछ । एम्बुलेन्स, शवबाहनलगायत अत्यावश्यक सवारी साधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

नारायणगढ–मुग्लिन सडक दुई सातासम्म दिउँसो बन्द हुने, कारण यस्तो

स्कुल बसले किचेर मोरङमा एक जना नाबालकको ज्यान लिएको छ। मोरङको बेलबारी नगरपालिका–५ मा स्कुल बसले किचेर बुधबार बिहान एक वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान सवा ९ बजे बेलवारी नगरपालिका–५ रामपुरस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ क ३०४६ नम्बरको कसेनी बोर्डिङ स्कुलको बसले किच्दा स्थानीय प्रमोद साहका छोरा यसराज साहको मृत्यु भएको हो। ५ वर्षीय छोरालाई विद्यालय पठाउनको लागि साहकी श्रीमती शिवकुमारी साहले दुवै छोरालाई सँगै लिएर गएकी थिइन्।

सानो छोरालाई भुइँमा राखेर ठूलो छोरालाई बसमा चढाएकी थिइन्। त्यहीबेला गुड्ने क्रममा भुइँमा रहेको नाबालकलाई बसले किच्दा घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।

बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्कुल बसले किचेर लियो नाबालकको ज्यान

काठमाडौँ– सागरनाथ बन परियोजनाबारे केन्द्र सरकार र प्रदेश नम्बर २ सरकारबीच देखिएको विवादसम्बन्धमा सर्वोच्च अदालतले केन्द्र सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलाशले तत्काल निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

सर्लाही, महोत्तरी र रौतहटको १३ हजार १ सय ३२ हेक्टर क्षेत्रफलमा फैलिएको सागरनाथ वन परियोजनाबारे फागुन २४ गते मन्त्रिपरिषद्बाट निर्णय गर्दै प्रदेश २ सरकारले आफ्नो मातहत ल्याएको थियो । तर, यस निर्णयलाई केन्द्र सरकारले अस्वीकार गरेपछि विवाद चर्किएको थियो । प्रधानमन्त्री कार्यालयले जेठ २३ गते सागरनाथ वन परियोजनालाई द टिम्बर कर्पोरेसनमा मर्ज गरेर वन निगम लिमिटेड बनाउने निर्णय गरेको थियो ।

त्यसपछि केन्द्र सरकारले संविधानविपरित परियोजना आफ्नो मातहत राखेको भन्दै प्रदेश सरकारले संघीय सरकारविरुद्ध मुद्दा दायर गरेको थियो । प्रदेश २ सरकारका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कर्मचारी बेचनकुमार महतोले सर्वोच्च अदालतमा दायर गरेको रिटमा यसअघि न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले रिट संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो ।

सो रिटमा बुधबार सर्वोच्चको संवैधानिक इजलासले संघीय सरकारको निर्णय कार्यान्वयन नगर्न भन्दै मुद्दाको प्रदेश सरकारको पक्षमा अन्तरिम आदेश दिएको हो । प्रदेश दुईका मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले सागरनाथ वन प्रदेशभित्रको राष्ट्रिय वन भन्ने प्रदेशको अनसूचिको क्रम संख्या १९ मा रहेको बताउँदै सोही अनुसार प्रदेश २ ले आफूमातहत ल्याएको बताए ।

तर संघीय क्याविनेटले आफ्नो मातहत ल्याएर वन निगम लिमिटेड बनाइएपछि अदालतसम्म विवाद पुगेको बताए । अहिले अदालतले यो संवैधानिक हिसाबले गलत छ भनेर रोकेको रोक्दै आन्तरिम आदेश जारी भएको बताए ।

सागरनाथ बन बिबादः केन्द्र सरकारलाई धक्का, निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं– सरकारले स्मार्ट लाइसेन्सको छपाइका लागि ल्याएको ‘मास प्रिन्टर’ बाट कार्डको छपाइ बल्ल थालेको छ । नेपाल भित्रिएको तीन महिना बित्दा पनि प्रयोगमा नल्याइएको मास प्रिन्टरले यसै हप्ताबाट नियमित प्रिन्टङ थालेको हो । विभागका महानिर्देशक गोगनबहादुर हमाल अब ४ महिनाभित्रै सबै स्मार्ट लाइसेन्सको छपाइ बसेर सेवाग्राहीलाई वितरण गरिने बताउँछन् । इटालियन कम्पनी माटिकाको यो मेसिनले घण्टाको ४५० वटासम्म लाइसेन्स प्रिन्ट गर्न सक्ने विभागको दाबी छ ।

अहिले यो मेसिन दिनमा ८ घण्टा मात्रै चलाएर लाइसेन्स छापिँदैछ । अब दिनमा तीन सिफ्ट गरेर कर्मचारीलाई लाइसेन्स प्रिन्टमा खटाउन लागिएको हमालले बताए । ‘अब ७–७ घण्टाको तीनवटा सिफ्ट बनाएर रातभर पनि लाइसेन्स छाप्छौं,’ उनले भने, ‘कम्तिमा ४ महिनाभित्रै वितरण हुन बाँकी सबै लाइसेन्स चालकलाई दिन्छौं ।’

यो मेसिनले दिनमा ८ हजारसम्म लाइसेन्स छपाइ गर्ने अनुमान विभागको छ । त्यसअनुसार महिनामा साढे २ लाख लाइसेन्स छापिनेछ । ४ महिनाभित्रै वितरण हुन बाँकी लाइसेन्सको ‘ब्याक लग’ फुकेर नियमित अवस्थामा लैजान सकिने दाबी हमालको छ ।

‘त्यसपछि ट्रायल पास भएकै र नवीकरणका लागि पेश गरेकै दिनमा लाइसेन्स दिन सकिने अवस्था आउँछ,’ उनले भने । यद्यपि, उनले भनेजस्तो ट्रायल पास भएकै दिनमा लाइसेन्स दिन सम्भव भने देखिँदैन, किनभने लाइसेन्सको छपाइ काठमाडौंको मिनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा भइरहेको छ । लाइसेन्स वितरण गर्ने जिम्मेवारी देशभरमा दर्जनभन्दा बढी यातायात कार्यालयले पाएका छन् ।

अहिले करिब ९ लाख चालक सबै प्रक्रिया पूरा गरेर लाइसेन्सको प्रतीक्षामा छन् । चालकलाई राजश्व तिरेको बिलका भरमा सवारी चलाउनुपर्ने बाध्यता छ । सरकारले लामो समयदेखि स्मार्ट लाइसेन्सको माग धान्न सकेको छैन ।

देशभर लाइसेन्स वितरण भए पनि त्यसअनुसार कार्डको छपाइ गर्न नसक्दा लाखौं सवारी चालक लाइसेन्सविहीन हुन पुगेका छन् । लाइसेन्स छाप्ने ठूलो मेसिन चलाउने प्राविधिकका लागि निर्माता कम्पनीले बोलाएको तालिममा यातायात मन्त्रालयका सहसचिवहरु इटाली पुगेका थिए ।

मास प्रिन्टरबाट स्मार्ट लाइन्सेन्स छपाइ सुरु

वडा समाचारहरु