संसारीदेवी सामुदायीक भवनको उद्घाटन

संसारीदेवी सामुदायीक भवनको उद्घाटन

काठमाडौं  – संसारीदेवी समुदायीक भवनको उद्घाटन भएको छ ।

सांसद स्थानिय पूर्वाधार र विकास साझेदारी कार्यक्रम अन्तर्गत गोकर्णेश्वर नगरपालिका १ मा निमार्ण भएको संसारीदेवी समुदायीक भवनको उद्घाटन काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एव्म नेकपा काठमाडौं अध्यक्ष कृष्ण राईको प्रमुख आतित्थ्यमा भवनको उद्घाटन भएको हो ।

चालु आर्थिक बर्ष ०७५/ ०७६ का स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत स्विकृत योजनाहरु मध्ये संसारी देवीको भवन निमार्ण कार्य सम्पन्न भई उद्घाटन भएको हो । काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ का लागी स्विकृत आयोजनाहरुको स्थानिय पूर्वाधार विकास साझेदारी नियमावली २०७५ को नियम १५ बमोजिम सुपरीवेक्षण तथा अनुगमन कार्यक्रम निर्देशक समितिका संयोजक समेत रहेका राईले उक्त भवनको उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा गोकर्णेश्वर नगरपालिका १ का वडाध्यक्ष राम मानन्धर, जिल्ला समन्वय समिति सदस्य उद्धव भण्डारी लगाएत स्थानियहरुको उपस्थिति रहेको थियो । डा. ऋषीराम पोखरेलद्धारा पुजाआजा गरी भवनको उद्घाटन भएको थियो ।

उद्घाटन कार्यक्रममा छोटो मन्तव्य राख्दै सांसद राईले विकास निमार्ण एव्म सामाजिक,आर्थिक रुपान्तरणको लागी सबैले आ–आफ्नो ठाँउबाट सहयोग गर्न आग्रह गरे । उनले सामाजिक कार्यमा समुदायनै जागरुक भए समाज मात्र नभई देश विकासमा समेत उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सांसद राईले सरकारले लिएको गतिलाई जनताले साथ दिईरहेको भन्दै देश छिट्टै विकास र समृद्धिमा पुग्ने दावी गरे । स्थानिय सरकारले जनताका माग र समस्यालाई सम्बोधन गर्दै जनतासँग प्रत्यक्ष साक्षत्कार भए जनताको विश्वास जित्न सकिने घारण व्यक्त गरे ।सांसद राईले समयमै काम सम्पन्न गरेकोमा उपभोक्ता समितिलाई धन्यावाद प्रकट गरे ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु