बालबालीकाले चुईंगम निलिहाले आत्तिनु पर्दैन !

बालबालीकाले चुईंगम निलिहाले आत्तिनु पर्दैन !

एजेन्सी– सामान्यतयाः बालबालीकालाई चुईंगम खान दिइदैन, यसको मुख्य कारण भनेको उनिहरुले निल्छन् भन्ने डर नै हो । किनकी चुईंगम निल्यो भने स्वास्थ्यमा असर गर्छ भन्ने मान्यता छ ।

यो धेरै हदसम्म सही पनि छ । तर, झुक्किएर निलिहाल्नु भयो भने पनि आत्तिहाल्नु पर्ने अवस्था भने छैन । नयाँ अध्ययन अनुसार भने चुईंगम निल्नेका लागि खुसीको कुरा छ । चुईंगम पेटमा पुग्यो भने पच्छ । अनि त्यसले हाम्रो स्मरणशक्ति पनि बढाउँछ ।

अध्ययन अनुसार, हाम्रो पाचनप्रणालीमा भएका एसिड र एन्जाइमहरूले यसलाई पचाउन मद्दत गर्छ तर, यसको पाचनमा भने अलि बढी नै समय लाग्छ । यो व्यक्तिको फरक फरक पाचनप्रणालीमा पनि निर्भर गर्छ ।

कसैको पाचन प्रणाली कमजोर छ भने धेरै समय लाग्न सक्छ त्यसैले जानी जानी चुईंगम ननिल्नुस् । झुक्किएर निल्नु भयो भने आत्तिनु पर्दैन ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: