तिम्रै आमाको पेवा!

तिम्रै आमाको पेवा!

सरकारी काम कैले जाला घाम
रगत पसिना बग्दानी पुगेन माम ।

नेता तिमि सधै हिड्छौं गफै मात्र गरी
हाम्रो पनि दिन वित्छ आफ्नै मनपरी ।

कहिले वारी कहिले पारी कुदिराछ जिवन
व्यस्त व्यस्त भन्यो अस्त व्यस्त झनझन ।

मेरो हात तेरो खेल्ती यस्तै चलन चल्ती
वाहाना र आरोप मात्र भेटिन्छ बग्रेल्ती

तिम्रै आमाको पेवा रैछ जेजे खान्छौं खाउँ
स्वर्गमानि होला ठाउँ बोकी सबै लैजाउ ।

मिलिजुली काम गर्न कल्ले रोक्या छ र ?
अगुवानै बाटो हगुवा कस्को पर्नु भर!

सरकारी काम कहिले जाला घाम
रगत पसिना बग्दानी पुगेन माम
ॐ—तत्—सत्

— श्रीराम दाहाल

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: