आइतबार, मङि्सर २९, २०७६
GokarnaNews
OnlineKhabarHub

आदिवासी जनजाती महासघं पोर्चुगलको पाचौं अधिवेशनको तयारी तिब्र

आदिवासी जनजाती महासघं पोर्चुगलको पाचौं अधिवेशनको तयारी तिब्र
  • प्रदिप थिङ

पोर्चुगल – नेपाल आदिवासी जनजाती महासघं पोर्चुगलको पाचौं अधिवेशनको तयारी तिब्र पारिएको छ ।
आउदो अप्रिल २८ मा हुन गइरहेको अधिवेशनमा अध्यक्ष पदमा राम पुन,हेम गुरुङ, र योगेन्द्र मिलनले उम्मेदवारी दिएका छन् । उम्मेदवारी सँगै पोर्चुगल चुनावी माहोलमा तातेको छ ।

समाजसेवी सोम शेर्पाले अब आउने आदिवासी जनजाती महासघंको अध्यक्षमा विभिन्न गुण भएको व्यक्ती हुनु पर्ने औल्याएका छन् । उनले भनेका छन अध्यक्षमा हुनुपर्ने गुण ‘प्रशस्त समय भएको हुनुपर्ने, योग्यात र क्षमतावान हुनुपर्ने, आर्थिक रूपमा पनि केही सब्बल भएको हुनुपर्ने, समाजलाई मिलाएर लाना सक्ने र वर्तमान र भविष्यमा आइपर्ने जुनसुकै समस्यहरुसँग डटेर सामाना गर्न सक्ने क्षमता भएको व्यक्ती अध्यक्षमा आउनु पर्नेमा उनको जोड रहेको छ ।

समाजसेवी शेर्पाले महासंघको अध्यक्षले जनजातिको मुद्दामा प्रस्ट भएन भने  पोर्चुगलमा रहेका जनजातीहरु चुप लागेर नबस्ने
समेत उनको भनाई थियो ।

समग्रमा एनआरएन पोर्चुगल सगं चिस्सिएको सम्बन्धलाई अब कसरी समान हैसियतमा लानेछ भन्ने महत्वपुर्ण पक्ष नयाँ अध्यक्षको काधमा आउने आउने छ ।

एकलबादी एनआरएनको विरुद्दमा डटेर सामना गर्न सक्ने नेतृत्व आउन पर्ने धाराणा सबैको रहेको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु