प्रम ओलीलाई बहिर्गमित जनमुक्ति सेनाका ६ सुझाव

प्रम ओलीलाई बहिर्गमित जनमुक्ति सेनाका ६ सुझाव

पूर्ब अर्थ मन्त्री तथा नेकपा का महासचिव बिष्णु पौडेल ज्यू ले पार्टिबाट नैतिक्ताको हिसाबले पनि राजिनामा दिनु पर्छ, जो कोहिले पनि नेपाल को राष्ट्रिय सम्पती माथी गिद्दे नजर लगाएर कुनै सेटिङ्ग मिलाएर आम नेपाली जनताको आँखामा छारो हालेर राष्ट्रिय सम्पती निजीकरण गर्नको लागि सरकारी जग्गा लाई अतिक्रमण गरि व्याक्ती को नाममा नामसारी गर्नु भनेको ठूलो अपराध हो,

आज किन नेकपाका नेता कार्यकर्ता तैचुप मैचुप भैरहेका छन् किन अन्याय को बिरुद्ध,गलतका बिरुद्ध बोल्नु पर्दैन ? कि नबोल्नु भनेर सर्कुलर जारी भइसकेको छकि ? आठ आना सरकारी जग्गा बिष्णु पौडेल ज्यु को छोरा (नवीन पौडेल) को नाममा नामसरी गरिसकेको कुरा प्रमाणित भैसकेको छ भने, उत्त बिषय बिष्णु पौडेल ज्यू ले जारी गरेको प्रेस विज्ञप्ती मार्फत पनि पुष्टि भैसकेको छ कि मैले पैसा तिरेर लिएको हु बलुवाटार को जग्गा भनेर स्विकार गरिसक्नु भएको छ भने, राष्ट्रिय सम्पती चाहे व्याक्ती ले पैसा तिरेर किनोस वा सेटिङ्ग मिलाएर व्याक्ती को नाममा नामसारी गरोस, त्यो अपराध हो,

सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यू किन कानमा तेल हालेर निदाइ रहनु भएको छ ? के तपाइको पार्टी को महासचिव ज्यू ले गरेको गलत कामका विरुद्धमा उहाँलाई कारवाही को दायरामा ल्याउनु पर्दैन ? भ्रष्टाचार र समाजमा कुनै खालको अनैतिक गतिबिधी हुन दिन्न भन्नू भएको होइन ? गफाडी प्रधानमन्त्री ज्यु धेरै भयो गफ अब काम गर्नुहोस, उखान टुक्का भनेर हसाएर मात्रै देश चल्दैन प्रधानमन्त्री ज्यू, यदि काम गर्नु नै हुन्छ भने महत्त्वपूर्ण ६ वटा काम गर्नुहोस् तपार्इलाई आम नेपाली जनताबाट स्याबासी पाउनुहुन्छ ।

१ -हवाइटबडी कान्ड को भ्रष्टचारीहरुलाइ तत्काल कारवाही गर्नुहोस।
२- निर्मला कान्डको अपराधिलाई कारवाही गर्नुहोस निर्मला लाई न्याय दिनुहोस ।
३- सुन काण्डको गिरोह कहाँ छन् पत्तालगाई कारवाहीको दायरामा ल्याउनुहोस् ।
४- राष्टघाती नगरिकता बिधेयक लाई खारेज गर्नुहोस ।
५-हाम्रो देशको राष्ट्रिय स्वधिन्ताको रक्षाको लागि हाम्रो नेपाली भु- भाग मा देखिरहेको समस्यालाइ समाधान गर्नुको लागि भारतिय विस्तारवादिले हाम्रो जन्म भुमी नेपाल अतिक्रमण गरिरहेको छ त्यस बाट जोगाउन नेपाल र भारत को सिमाना मा २० फुटे मजबुद काडेतार को बार लगाउने हिम्मत गर्नुहोस।
६-बालुवाटारको सरकारी जग्गा प्रकरण छानबिन गरि दोषीलाई कारवाही गर्नुहोस।

यस्ता काण्डै काण्ड मच्चाउने अपराधीहरुलाइ कहिले कानुन को दायरामा ल्याउनु हुन्छ?
त्यो सरकारी जग्गा प्रकरणमा को को संलग्न छ भनेर छानबिन गर्नु पर्दैन ? कि हजुर कै सेटिङ्ग मा भएको काम भएर नथापाएको जस्तो गरेर चुप लागेर बसिराख्नु भएको त होइन ? यो प्रश्न हाम्रो संगठन बहिर्गमित जनमुक्ती सेना नेपालले मात्रै गरिरहेको छैन आम नेपालि जनताले यो प्रश्न को जवाफ खोजिरहनु भएको छ।

के दुई तिहाइ नामको सरकारले जे गर्दा पनि हुने होत ? दुई तिहाइ को दम्भ देखाएकै होत? भारतिय बिस्तारवादी ले हाम्रो नेपाली सिमा भु -भाग माथी पनि गिद्वे नजर लगाइ रहेको छ भने धेरै हाम्रो नेपाली भुभाग भारतिय बिस्तारवादिले अतिक्रमण गर्दा पनि नेपाल सरकार चुपचाप लागेर बसिरहेको छ आफ्नो मुलुक माथी भएको हस्ताक्षेपको विरुद्धमा लाग्नु पर्ने बेलामा उल्टै आफ्नै मुलुकको राष्ट्रिय सम्पती माथी आँखा लगाएर अन्तरास्ट्रिय बेइजत हुने गरि राष्ट्रिय सम्पती आफ्नो निजिकरण गर्न अलिकती पनि लाज लागेन ? आफ्नै राष्ट्रिय सम्पती माथी अतिक्रमण गर्ने गर्ने दलालहरुलाइ के को आफ्नो राष्टको माया हुनु,आफ्नो सत्ता कुर्सी बचाउन को लागि भारतिय बिस्तारवादी प्रभु लाई खुसी पार्नु आफ्नो राष्ट्रलाई लाई बेच्न तयार हुने दलालहरुलाइ आम नेपाली जनताले बहिस्कार गर्नुपर्छ।

२०७५ श्रावण २३ गते षडयन्त्र पुर्ण ढंगले सरकारले संसदमा पेश गरेको संसोधित नगरिकता बिधेयक ऐन त्यहि विदेशी प्रभुहरुलाइ खुसि बनाउनु को निमित्त हाम्रो राष्ट्रको सुरक्षा माथी नै चुनौती हुने गरि हाम्रो राष्ट्रनै नरहने खालको राष्ट्रहित बिपरित नागरिकता ऐन ल्याउनु खोजिएको छ। खुकुलो नागरिकताको ऐन कानुन ल्याएर बिदेशीहरुलाइ जन्मका आधारमा नागरिकता दिई चाउचाउ को मुल्यमा बेच्न खोजीरहेको छ भने विदेशी लाई वशंको आधारमा नगरिकता दिइने रणनिती भैरहेको छ। यदि त्यो बिधेयक संसदबाट पारित गर्नु दिइयो भने भारतिय बिस्तारवादीले हाम्रो देशलाइ अल्पमतमा पारी नेपाललाई उसको हित अनुकुल नेपाललाई भारतमा गाभि सिक्किम बनाउने दह्रो रणनिती मा लागिरहेको छ । भारतिय बिस्तारबादिहरु त्यही भारतिय प्रभु को ग्राइन्डिजाइन अनुसार सरकारले उनिहरुको जित हुने गरि नागरिकता बिधेयक ल्याउनु लगाएको हो,भने यहाँको दलालहरु त्यही संसदमा रहेको बिचाराधिन बिधेयक ऐन लाई संसदबाट पारित गराउन कसरत गरिरहेको छ। यो राष्ट्रघाती नागरिकता बिधेयक लाई खारेज गराउनु को निमित्त सम्पुर्ण आदरणिय जनसमुदायहरु सचेत हुदै संघर्षमा उत्रन समेत अपिल गर्दछु ।

बहिर्गमित जनमुक्ती सेना नेपाल चुप लागेर बस्ने पक्षमा छैन गलतका बिरुद्धमा आम नेपाली जनताको हितबिपरीत गरेको राष्ट्रघाती कदम चाहे यहाँको सरकार ले गरोस वा राजनैतिक दलले गरोस यो अन्याय हामी सहेर बस्न सक्दैनौ । नेपाली जनताको हित बिपरित राष्ट्रियघाती काम गर्ने दलालहरुको बिरुद्धमा निरन्तर रुपमा आवाज उठाइरहने ,अन्याय र अत्याचारको बिरुद्धमा लड्न जुनसुकैबेला पनि जनताको साथमा रहेर अगाडि बढिरहने छौ।

लेखक – राजन थापा ‘सुवास’
बहिर्गमित जनमुक्ति सेना नेपाल
    महासचिव

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: