अझै तीन दिन मौसममा बदली,वर्षा र हावाहुरी चल्ने सम्भावना

अझै तीन दिन मौसममा बदली,वर्षा र हावाहुरी चल्ने सम्भावना

काठमाडौँ  -भारत हुँदै भित्रिरहेको पश्चिमी वायु आजै नेपाल आइपुग्ने र यसका कारण वर्षा तथा हावाहुरीको सम्भावना उच्च रहेको मौसमविद्हरुले जनाएका छन् । यो वायुका कारण नेपालमा आज र भोलि मेघ गर्जनसहित वर्षा हुनेछ भने हावाहुरी र चट्याङको समेत सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार नेपालको पश्चिमी भागबाट आजै उक्त वायु नेपाल भित्रिन लागेको हुँदा सो क्षेत्रमा वर्षाको सम्भावना बढी छ । विशेषगरी पश्चिम तराई क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुने र चट्याङ तथा हुरीबतास चल्नेछ ।

भोलि बिहानसम्म पश्चिमी वायु पूर्वी नेपालसम्म फेलिसक्ने हुँदा भोलि पूर्वमा समेत वर्षा हुनेछ भने नेपालभरको मौसम पूर्णतया बदलि हुनेछ । महाशाखाका अनुसार भोलि बुधबार देशै भरि सामान्य देखि पुर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्यक्षेत्रका थोरै स्थानहरुमा चट्टयांग तथा हुरी बतास सहित वर्षारअसिना पानीको सम्भावना छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु