ठेकेदारसँग लिएको घुससहित चन्द्रागिरीका अधिकृत पक्राउ

ठेकेदारसँग लिएको घुससहित चन्द्रागिरीका अधिकृत पक्राउ

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । सडक मर्मत सम्पन्न पश्चातको रकम भुक्तानी दिने भन्दै ठेकेदारबाट लिएको घुससहित लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई पक्राउ परेका हुन् ।

लेखा अधिकृत भट्टराईले घुस मागेको भन्दै परेको उजुरीका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो ।

लेखा अधिकृत भट्टराईलाई घुस रकम लिइसकेको अवस्थामा नगरपालिकाका कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु