मिसनबाट फर्केका सशस्त्र प्रहरीले अब १५० डलर तिर्नु नपर्ने

मिसनबाट फर्केका सशस्त्र प्रहरीले अब १५० डलर तिर्नु नपर्ने

सशस्त्र प्रहरी बलबाट शान्ति मिसनमा गएकाहरूले विभिन्न शीर्षकमा तिर्नुपर्ने १५० डलर (१५ हजार बढी रूपैयाँ) अब तिर्नु नपर्ने भएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले सशस्त्रको कल्याणकारी सेवा केन्द्रको सञ्चालक समितिले उक्त रकम तिर्नु नपर्ने निर्णय गरेको जानकारी दिए ।

यसअघि मिसनबाट फर्केकाहरूले सशस्त्र प्रहरी बल महिला संघलाई ३५, भूपु सशस्त्र प्रहरी संघलाई ३५ र एपिएफ क्लबलाई ८० डलर अनिवार्य रूपमा दिनुपर्थ्यो ।

‘सुरूमा ती संस्थाहरूको स्रोत थिएन। आर्थिक सहयोग होस् भनेर उनीहरूलाई पैसा दिन नियम बनाइएको थियो,’ डिआइजी श्रेष्ठले भने,‘अब त्यो पैसा दिनु पर्दैन भन्ने सञ्चालक समितिको ठहरअनुसार निर्णय भएको हो।’

सशस्त्र प्रहरीका अहिले दक्षिण सुडानमा दुई शान्ति मिसन छन्। त्यहाँ ३२२ जना कार्यरत छन्। ती दुई मिसनमा जानेहरू १ वर्ष बसेर फर्कन्छन् । सशस्त्र प्रहरीबाट व्यक्तिगत रूपमा मिसनमा जानेहरूको संख्या २८ छ। उनीहरू हाइटी, लाइबेरियालगायत मुलुकका मिसनमा गएका छन्।

मिसनमा जानेहरूले सशस्त्रको कल्याणकारी सेवा केन्द्रमा मिसन जाँदाको कुल तलबको ९ प्रतिशत बुझाउनु पर्छ । नेपाल प्रहरी र नेपाली सेनाबाट शान्ति मिसनमा जानेहरूले पनि ती संगठनका कल्याणकारी कोषमा पैसा दिनु पर्ने चलन छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: