चिसापानीमा दारुसँग होली मनाँउदै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी,यसरी बन्छ सभ्य होली ?

चिसापानीमा दारुसँग होली मनाँउदै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी,यसरी बन्छ सभ्य होली ?

काठमाडौं – फागु अर्थात होली पर्व, देशका पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँयो । । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावकासाथ विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।होली  पर्वका अवसरमा काठमाडौँ लगाएत पहाडी र हिमाली जिल्लामा एकआपसमा रंग दलेर होली हिजो मनाईयो भने आज तराई्मा एकआपसमा रंगदलेर आत्मीयता साटासाट गरेर मनाइदै छ । केही वर्ष अघिसम्म उपत्यका सडकमा एक महिना पहिले लोला हान्ने विकृतिले आक्रन्त थिए सडकमा हिड्ने मानिसहरु । होलीकै दिनपनि काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने प्रवृती थियो त्यसमा भने सभ्य भएकै हो ।, तर होली लगाएत विभिन्न पर्वका नाममा जाडरक्सी गाजा तानेर बाटामै हल्लीदै हिड्नेको सङ्ख्या भने बढ्दो क्रममा छ । होलीलाई आत्मीयता र भाईचारामा मनाउने साथै संस्कृतीको जर्गेना र उत्थान गर्नुको साटो मदिरा सेवन गरी लठ्ठीदै हिड्नेहरुमा १५ देखी २२ सम्मका यूवा युवतिमात्र छैनन्, ३० देखी ५५ बर्षे महिलाहरु पनि हातमा वियरका बोत्तल धुमाउदै ह्यापी होली भन्दै सडकमा ताण्डब देखाएको पनि हिजोको होलीले देखायो ।

तेतीमात्र होईन सरकारले राष्ट्रिय पर्वका रुपमा होलीलाई मनाउने र संस्कृतीको जर्गेना गर्नुपर्छ भन्दै सरकार र संम्बद्ध निकाए लागिरहदा जनप्रतिनिधिनै मदिराका बोत्तल फुटाउदै होली मनाइरहेका छन् । गोकर्णेश्वर नगरपालिकाका १ का वडा अध्यक्ष देखी गोकर्णेश्वर नगरपालिका प्रसासन प्रमुख नै मदिराका बोत्तलमा होली मनाईएरहेका छन् । गोकर्णेश्वर नगरपालिका वडा १ का अध्यक्ष राम मानन्धर ,प्रशासन प्रमुख भिम शाही , भुपेन्द्र बोहरा र गोकर्णेवर स्वास्थ्य शाखाका कर्मचारी पूर्ण बस्नेत चिसापानीमा दारु सँग होली मनाएका छन् । बाटो देखिने अन्य व्यक्तीहरुले मदिरामा लठ्ठीएका कुरालाई परै छाड्डौं ।

जनताका प्रतिनिधि जसले मदिरासँग संस्कृतिलाई नबेचौं नमनाऔं भन्दै अरुलाई सुझाव र अर्ती दिन्छन वा भनौ संस्कार संस्कृतिलाई बचाउ भन्दै जनतासामु गएर ठुला भाषण छाड्छन, जसले देशको व्यवस्थालाई परिर्वन र संस्कृतिलाई सभ्य बनाऔं भन्दै कागजमा कानुन लेख्छन् । उनिहरुनै होलीलाई दारुसँग साट्दैछन् । विभिन्न समुदायले आफुलाई खान बनाएका जाड रक्सी प्रहरी प्रशासन लगाएर आफुहरु अगाडी उभ्याएर पोख्न लगाउछन । उनिहरु नै विदेशी ब्राण्डका मदिरा बोत्तलमा बोत्तल ठोकाउदै पिइरहदा । के पर्वका नाममा मदिरानै पिएर मनाउनु पर्ने संस्कार आएकै हो त जनप्रतिधि, राष्ट्र सेवक कर्मचारी ज्यु ? अथवा तपाईहरु मदिरामा होली मनाउदा संस्कार र संस्कृतिमा फरक नपर्ने हो ? के यसरी होली सभ्य बन्न सक्ला र ? जवाफ तपाईहरुकै हातमा !

स्थानिय सरकार संचालन ऐनमै धर्म सस्कृतिलाई बचाउने र संस्कार संस्कृति विरुद्धजानेलाई कानुनी डण्डा चलाउने तहमा तपाईहरु,अनि तपाईहरुनै  संस्कार, संस्कृति विरुद्ध मदिरामा होली मनाउदै गर्दा तपाईहरुले बनाएका कानून र नियममा लिपिबद्ध अक्षरहरुले तपाईहरुलाई नै गिज्जाएन र ? के जनताले तपाई राष्ट्र सेवक कर्मचारी र जनप्रनिधिबाट संस्कृति जर्गेना होला भनेर कसरी विश्वास गर्न सक्छन ?

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: